सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

प्रदेश ३ को राजधानी कहा राख्ने भन्ने बिषयमा मतभेद कायमै

प्रदेश ३ को राजधानी कहा राख्ने भन्ने बिषयमा मतभेद कायमै

प्रदेश ३ को राजधानी कहा राख्ने भन्ने बिषयमा मतभेद कायमै रहेको छ । यो प्रदेश स्रोत साधन र प्रतिनिधित्वको हिसावले सबैभन्दा ठूलो मानिन्छ । राजधानी तोक्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई हम्मे ह्म्मे परेको छ । सत्तारुढ नेकपाको दुई तिहाई बहुमत रहेको प्रदेशसभामा राजधानीका लागि सम्भावित पाँच जिल्लाको नाम प्रस्ताव गरिएको छ । प्रदेशको नाम भने प्रस्तुत भएको छैन ।

देशको राजधानी समेत रहेको यो प्रदेशको नम र राजधानीको टुंगो नेकपाको शीर्ष नेतृत्वबाटै लगाइने स्रोतले जनाएको छ । स्रोतका अनुसार अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली प्रदेश राजधानी काभ्रेपलान्चोक वा भक्तपुर कायम गर्न चाहन्छन् ।तर, अर्का अध्यक्ष प्रचण्ड चितवनबाट निर्वाचित भएकाले त्यहाँको मनोविज्ञानमा छन् ।

उनले अहिलेको हेटौंडालाई नै कायम गर्नुपर्ने धारणा राखेको स्रोतले जनाएको छ तर, नेकपाका बहुसंख्यक प्रदेशसभा सदस्यहरु हेटौंडाको विपक्षमा छन् । तिहारअघि नेकपाका प्रदेश इञ्चार्ज अष्टलक्ष्मी शाक्य, सहइञ्चार्ज हितबहादुर तामाङ, अध्यक्ष नारायण दाहाल र सचिव आनन्द पोखरेलले दुवै अध्यक्षलाई सामूहिक रुपमा भेटेका थिए । ईञ्चार्ज तथा प्रदेशसभा सदस्य शाक्यले राजधानी काभ्रे कायम गर्नुपर्ने धारणा राख्दा ओली मौन बसेको एक सहभागीले बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend