सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

भाइरल बन्दै ह्रस्व, दीर्घ पछि एआईएको (७ प्रदेश) देउसी गीत (भिडियो)

भाइरल बन्दै ह्रस्व, दीर्घ पछि एआईएको (७ प्रदेश) देउसी गीत (भिडियो)

  • शुक्रबार, १६ कार्तिक २०७५

शैक्षिक क्षेत्रमा आफुलाई बेग्लै पहिचानको रुपमा चिनाउन सफल स्कुलहरु मध्ये राजधानीको शङ्खमूलमा अवस्थित अवेरनेस इन्टरनेसनल स्कुल (एआईए) पनि एक हो । केही समयअघि ह्रस्व दीर्घका नियम सिकाउने गीत सार्वजनिक गरेर चर्चामा आएको (एआईए) फेरी अहिले देश चिनाउने देउसी गीत सार्वजनिक गरेर चर्चामा छ ।

स्कुल परिवारले तयार पारेको गीतको भिडियो म्युजिक नेपालको युट्युब च्यानलमार्फत् सार्वजनिक भएको छ । गीतको छायांकन विद्यालय परिसरमै गरिको छ । गीतमा सात प्रदेश, प्रदेश राजधानी, स्थानीय तहको संख्या, मुख्यमन्त्रीको नाम र प्रदेशका प्रसिद्ध क्षेत्रलाई समेटिएको छ । गीतलाई स्कुलले सामाजिक विषयको शिक्षण सामाग्रीको रुपमा प्रस्तुत गरेको हो ।
गीतका शब्द सिर्जना स्कुलकै शिक्षक कृष्णप्रसाद गैरे, बिमल घिमिरे र खगेश्वर गिरी गरेका छन् । गीतमा शिक्षक खगेश्वर, कृष्णप्रसादसँगै विद्यार्थीको श्वर समेटिएको (एआईए) ले जनाएको छ । संगीत राजकुमार घिमिरेले भरेका हुन् भने विद्यालयकै शिक्षक र विद्यार्थीले भिडियोमा अभिनय गरेका छन् । अभियन गर्दा विद्यार्थी विद्यालय पोशाकमै सजिएका छन् । गीतको छायांकन प्रविन तामाङले गरेका हुन् भने सम्पादनमा समेत उनको भुमिका देखिएको छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend