सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

जिल्ला स्वास्थ्य कार्यालय धनकुटामा औषधि खरिदमा पौने ४ लाखको घोटला, कार्यालय प्रमुखसहित ४ जना अख्तियारको फन्दामा

जिल्ला स्वास्थ्य कार्यालय धनकुटामा औषधि खरिदमा पौने ४ लाखको घोटला, कार्यालय प्रमुखसहित ४ जना अख्तियारको फन्दामा

  • शुक्रबार, १६ कार्तिक २०७५

नेपालमा भ्रष्टचार दिन प्रतिदिन बढेको सुन्ने गरिन्छ । भ्रष्टाचार सम्बन्धी निगरानी गर्ने बिभिन्न निकायले पनि नेपालमा भ्रष्टाचार बढेको बताउदै आएका छन् । तर यता नेपाल सरकारले भ्रष्टाचार अन्त्य गर्ने घोष्णा गरे पनि केवल बोलीमा सिमीत रहेको छ । यस्तै जिल्ला स्वास्थ्य कार्यालय धनकुटामा औषधि र खोप खरिदमा भएको पौने ४ लाख रुपैयाँको भ्रष्टाचार भएको देखिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिनबाट स्वास्थ्य कार्यालय धनकुटाका कार्यालय प्रमुख र फोकल पर्सन समेतको मिलेमतोमा ३ लाख ८१ हजार ८१ रुपैयाँ बराबरको आर्थिक अनियमितता भएको भेटिएको हो ।
आर्थिक वर्ष २०६९ र ०७० सञ्चालीत दादुरा रूवेला, सुरक्षित मातृत्व, हात्तीपाइले रोग उन्मुलन नियन्त्रण, परिवार नियोजन, औषधि खरीद, सूचना तथा सञ्चार केन्द्र स्थापना कार्यक्रमको साथै औषधि खरिदमा काम नै नगरी बिल भर्पाई बनाई भ्रष्टाचार गरिएको अख्तियारले जनाएको छ ।

स्वास्थ्य कार्यालय धनकुटाका तत्कालीन प्रमुख भानुभक्त येङ्देन र लेखा अधिकृत दहलमान राईले सोही कार्यालयका स्टोर किपर हरीकुमार पोखरेल र खोप सुपरभाइजर अधिकृत प्रकाश अधिकारीसँगको मिलेमतोमा अनियमितता गरेको अख्तियारको ठहर छ ।

आर्थिक वर्ष २०६९र०७० दादुरा रुवेला खोप कार्यक्रम अन्तर्गत निकासा भएको बजेटमा भ्याक्सिन ढुवानी, कार्यक्रम सञ्चालन, औषधी ढुवानी, सवारी साधनको इन्धन खर्च र कार्यालय संचालन तथा व्यवस्थापनका सामान खरिद गरेको भनी ३ लाख ८१ हजार ८१ रुपैयाँ ७५ पैसाको नक्कली बिल भर्पाइ बनाइ आर्थिक अनियमितता गरिएको अख्तियारको छानबिनबाट फेला परेको हो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend