सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सहरिया बाताबरण भन्दा कैयौ बिकास भएको मेरो गाउँ धारापानीमा बसाई सराई गर्नेहरुको लहर रोकिएन ।।।।।।

सहरिया बाताबरण भन्दा कैयौ बिकास भएको मेरो गाउँ धारापानीमा बसाई सराई गर्नेहरुको लहर रोकिएन ।।।।।।

राम प्रसाद बन्जाडे

पछिल्लो समयमा जिल्लाका गाबिसहरु मध्ये सायद वङला पछि बिकसित गाबिस धारापानी पनि एक हो । जहाकि बर्सात मौसममा पनि यातायात उति बेला सम्पुर्ण धारापानी देखि सदरमुकाम सन्धिखर्क सम्म सालमा प्राय नरोकिने ठाउ हो तर आज आएर भुमिका स्थाननगर पालिकाका स्थानिय बासिहरु प्राय सन्धिखर्क नगर पालिकामा अति आबश्यक काम बाहेक सदरमुकाम सन्धिखर्क जानू पदैंन बिकासको आधारमा बनेको धारापानी देखि सन्धिखर्क सम्मको सडक खण्ड यति बेला बुटवल उपमहानगर पालिकाको सडक भदा कम छैन हिजोका दिनहरुमा चामल लता कपडा जस्ता सम्पुर्ण कुराहरु ल्याउन जादा दिनभर पैदल यात्रा गर्दा दुख र पीडा सहने गाउँ हाम्रो आज घरको दैलोमा सम्पुर्ण चिजहरु पाइन्छ। बिकासको मेरुदण्ड मेरो गाउँमा आज गाउँ छोडी बसाइँसराइ गर्ने हरुको बढदो बस्ती सङ बन्यजन्तुहरु घर घरमा आउन थालेका छ्न।
पल्ला घरकी दिदि र तल्ला घरकी भाउजु पनि स्वास्थय र शिक्षा खोजदै बटौली जानू भो शिक्षाको आधारमा बिकास र सुबिधा भनौ भने मैले अध्ययान गरेको श्री अन्न पुण निम्नमाध्यमिक बिधालयलाई चिन्न सम्म गाहारो भो । हिजो बिहान खरको र टिनको छानो मुनि बसेर अध्यन गरेको हाम्रो बिधालय आज बटौली को कालिका बिधालय भन्दा कम रहेन्छ। गाउँघरमा हिजोका दिनहरुमा बिरामी हुदा सन्धिखर्क जानू पर्ने मेरो गाउँमा आज घर दैलोमा मेडिकल छ। सम्पुर्ण गाउँ बासीहरु सुबिधा सम्पन्न खोजदै सहर पसे तर मेरो लागि गाउँ भने बटौली भन्दा कम छ्रैन ।।
पर हाम्रो दाजिको छोरा देबिराम गाउको त्यही बिधालयमा पढेर बटौलिमा राम्रोकाम गरेको छ। शिक्षा सम्बन्धि पल्लाघरे दाजिको छोराले सहर पसेर पढेपनी खाडीमुलुकमा गयो । गाउँ घरमा त शिक्षा नै छ्रैन भन्ने हाम्रो समाजलाई के भनौं । पल्ला घरका दाईले मास्टरमा नाम निकाली स्थायी जागिर छन हिजोका दिनमा बुटवलमा पढाएका हाम्रा दाजिको त्यो डिग्री सहरीया राम्रो शिक्षा गाउँमा आएपछि नराम्रो शिक्षा भईदिने यो समाजको कस्तो खाल्को बुझाई हो भनेर बुझन सकिएन शिक्षा स्वस्थ्य सम्पुर्ण कुराहरुको सुविधा पाईनछ। भन्दै बसाई सराई गर्नेहरुको लहरो सङ मेरो गाउँ सहर बनेपनि केही दुःखद लाग्दा बिषय हरुपनि गाउँमा भित्रीएका छ्न। हिजोको गाउँको मानिसको गुन्जियको आबाज भोलि कतै बन्यजन्तुको बिनास नबनोस समय सङ परिबर्तन भयको मेरो गाउँमा मानिसको चापभन्दा पनि सबैगाउँ बासीहरुको घर आगनमा जङ्गल बन्दै गयो पहिलाको त्यो रमाइलो तल्ला घरेदाई देउसि भईलोमा नाचेको दसैं बेला टिकालगाउदै ती सेल रोटिहरु कस्का कति भनी गनेको त्यो दिन समझिदा गाउँ कति बेला पुगुजस्तो लाग्छ। तर बिड्म्बना गाउँमा जादा एकान्त जङ्गलमा गएको महसुस हुन्छ। यति बेला हिजोका दिनमा हाप छुटीमा गयर ती भुटुकका गेडा र त्यो नुन र ती बारिमा फलेका बोडि हाम्रो खाजा थियो आज आयर अहिलेका विद्यार्थीहरुले मःम र चाउमिन जस्ता सहरिया छेत्रमा पाईने खाजा खान्छन बिकास आधारमा सम्पुर्ण कुराहरुको सम्पन्न शाली हाम्रो धारापानीमा आज ब्यबसाय देखि लियर हिजोको रमाइलो बाताबरण आज सुनसान देखियको छ। गाउँमा भन्दा केही सुबिधा सहर प्रती भय पनि धर्म सस्कार लगायत रहन सहन देखि लियर मानव प्रती गरिने ब्यावहार भने कहिलेपनि सिकाउन सक्ने छ्रैन त्यो सहर ले ।।।।।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend