शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

भीम रावलले खाएनन् शपथ

भीम रावलले खाएनन् शपथ

 

 

 

काठमाडौं । एमालेको १० औं महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा अध्यक्ष पदमा हारे पनि भीम रावल केन्द्रीय सदस्यमा भने निर्वाचित भएका छन् ।

अध्यक्ष केपी शर्मा ओलीविरुद्ध उम्मेदवार बनेका रावलले २२३ मत मात्र प्राप्त गरे । भारी मतान्तरसहित ओली पुनः अध्यक्षमा निर्वाचित भएका हुन् ।

अध्यक्षमा हारे पनि रावल केन्द्रीय सदस्यमा भने निर्वाचित भए । उनले केन्द्रीय सदस्यमा ९ सय ४ मत प्राप्त गरेका छन् । मतगणना सम्पन्न भएपछि अध्यक्ष केपी शर्मा ओलीले शपथ लिएका छन् ।

साथै विजयी पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई पनि अध्यक्ष ओलीले नै शपथ खुवाए । तर, भीम रावलले भने शपथ लिएनन् । केन्द्रीय सदस्यहरुको शपथग्रहण हुँदै गर्दा रावल आफ्नो कुर्सीबाट उठेनन् ।

उनले यसअघि नै अध्यक्षमा हारेको अवस्थामा भने एमालेका कुनै पनि कमिटीमा नबस्ने घोषणा गरिसकेका थिए । सोही अनुसार रावलले केन्द्रीय सदस्यमा जिते पनि शपथ भने लिएनन् ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend