शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

डा बाबुराम भट्टराईको यो नयाँ प्रस्तावले ल्यायो राजनीतिमा तरंग

डा बाबुराम भट्टराईको यो नयाँ प्रस्तावले ल्यायो राजनीतिमा तरंग

 

काठमाण्डौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईको नयाँ प्रस्तावले राजनीतिमा तरंग ल्याएको छ । उनले नयाँ समाजवादी शक्ती बनाउनुपर्ने बताएका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले जसपा, एकीकृत समाजवादी र माओवादी केन्द्र मिलेर त्यस्तो शक्ति बन्न सक्ने बताएका हुन्।

जसपा रुपन्देही क्षेत्र नम्बर २ ले आइतबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले कांग्रेस र एमालेबाट अब मुलुक परिवर्तन नहुने पनि दाबी गरे।

‘उदार लोकतन्त्रवादीको एउटा धारको रुपमा कांग्रेस रहिरहन्छ। जतिपटक सरकारमा गए पनि त्यसबाट मुलुक रुपान्तरण हुन सक्दैन,’ उनले भने ‘केपी ओलीको एमाले चरम यथास्थितिवादी र प्रतिगमनको नेतृत्व गर्ने शक्तिका रुपमा रुपान्तरण हुँदै गएको छ।’

भटराईले राष्ट्रवाद र ुकम्युनिजमको कक्टेलुबाट नवफाँसीवादीका रुपमा एमाले पतन हुँदै गइरहेको तर्क गरे। एमाले अग्रगमनको बाधक नै भएकाले बाँकी कम्युनिष्ट शक्ति मिलेर अघि बढ्नुपर्ने उनले बताए।

‘अहिले एकैपटक ध्रुवीकरण भएर पार्टी त नबन्ला, तर पनि प्रतिगमनको विरोधमा सहकार्य, आगामी नयाँ एजेण्डाका लागि र अन्तत एउटा नयाँ प्रकारको समाजवादी शक्ती निर्माण गर्ने दिशामा जानुपर्छ,’ भट्टराईले भने।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend