फाइल तस्वीर
चितवन । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले दिनभरको आफूहरूको छलफल कुरा मिल्यो भन्ने अवस्था उन्मुख रहेको बताएका छन् । कमिटीको सर्वसम्मत सूचीका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेर निस्कने क्रममा ज्ञवालीले छलफल सकरात्मक रहेको बताएका छन् ।
सञ्चारकर्मीले राखेको जिज्ञासामा ज्ञावालीले भने, ‘हामी कुरा मिल्यो भन्ने अवस्थामा छौं । अहिले यत्ति भनौं ।’ नेकपा एमालेको १०औं महाधिवेशनअन्तर्गत दोस्रो दिनको बन्दसत्र अझै सुरु हुनसकेको छैन । यसअघि माइकिङ गरेर बेलुकी ७ बजे सुरु हुने भनिएको बन्दसत्र अब ८ बजे सुरु हुने भनिएको थियो । तर, साढे ८ बजिसक्दा पनि बन्दसत्र सुरु हुनसकेको छैन ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend