शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

समाजवादीका अध्यक्ष माधव नेपालले गरे यस्तो ठोकुवा

समाजवादीका अध्यक्ष माधव नेपालले गरे यस्तो ठोकुवा

फाइल फोटो।

 

ललितपुर। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विद्रोहको जगमा निर्माण भएको एकीकृत समाजवादी पार्टीले सबै परिवर्तनकारी प्रगतिशील र कम्युनिस्ट पार्टीहरूलाई गोलबद्ध गर्दै बृहत् कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्ने बताएका छन ।

अध्यक्ष नेपालले ओली दक्षिणपन्थी गठबन्धनको आडमा प्रगतिशील राजनीतिक परिवर्तनहरूलाई ध्वस्त पार्दै कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्ने दिशामा उद्यत भएको बताए। उनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आगामी निर्वाचनहरूमा धुलो चटाउने चेतावनी दिए ।

नेकपा एकीकृत समाजवादीको गोदावरी नगरकमिटी घोषणा तथा शपथ ग्रहण समारोहमा बोल्दै नेता नेपालले उक्त कुरा बताएका हुन्।

परिवर्तन पक्षधर शक्तिहरूको गठबन्धनले दक्षिणपन्थी गठबन्धनलाई आगामी राष्ट्रिय सभा निर्वाचनबाटै परास्त गर्न सुरु गरेर तीनै तहका निर्वाचनमार्फत पराजित गर्ने ठोकुवा गरेका हुन्।

नेकपा एमालेको १०औं महाधिवेशनको सन्दर्भमा बोल्दै एकीकृत समाजवादीका अध्यक्ष नेपालले एमाले कम्युनिस्ट आन्दोलनको लिकबाट बाहिरिएको बताउँदै ओलीले विभिन्न शक्तिहरूको डिजाइनमा कम्युनिस्ट आन्दोलन सिध्याउन खोजेको बताए।

अध्यक्ष नेपालले भने, ‘चितवनमा ओलीको प्रशंसा क–कसले गरे त्यसैबाट ओलीको कस्तो गठबन्धन छ प्रस्टै भएको छ।’

राजतन्त्र पक्षधर र देशलाई विखण्डन गर्ने एवं संविधान च्यात्नेहरूले ओलीको प्रशंसा गरेकोले अहिलेको द्वन्द्व परिवर्तन पक्षधर र परिवर्तन विरोधी शक्तिबीचको भएको बताए।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend