काठमाडौं । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले महाधिवेशनबाट एमालेका पदाधिकारी सर्वसम्मत चयन हुने दाबी गरेकी छन् । चितवनमा जारी एमालेको १० राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि संचारकर्मी सँग कुरा गर्दै शाक्यले कम्तिमा पदाधिकारी सर्वसम्मत चयन हुने र त्यसका लागि प्रयास भइरहेको बताइन् ।
‘नेतृत्व सर्वसम्मत बनाउने प्रयास भइरहेको छ’, उनले भनिन्, ‘मलाई विश्वास छ– पदाधिकारीसँगै सदस्यहरु पनि सर्वसम्मत चयन हुनेछन् ।’ अध्यक्षमा उम्मेदवारी घोषणा गरेका उपाध्यक्ष भीम रावलको पनि उचित व्यवस्थापनबारे छलफल भइरहेको उनको भनाइ छ ।
एमालेले नेतृत्व सर्वसम्मत चयन गर्नकै लागि पदाधिकारीसँगै सदस्यको संख्यासमेत बढाएको छ । त्यस्तै विधान महाधिवेशनबाट खारेज गरिएको पोलिट्ब्युरो पनि ब्युताइएको छ । केन्द्रीय कमिटीको संख्या बढाएसँगै आकांक्षी पनि बढेकाले सर्वसम्मत नेतृत्व चयन गर्न भने कठिन हुने देखिएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend