शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

एमाले स्थायी कमिटी बैठक बस्दै

एमाले स्थायी कमिटी बैठक बस्दै

फाइल तस्बिर

 

काठमाडौं । १०औं राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरु चयनको विषयमा छलफल गर्न आज (मंगलबार) नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै छ।

सोमबार बस्ने भनिए पनि अन्तिम समयमा सरेको बैठक मंगलबार बिहान ११ बजे बस्न लागेको हो। एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठक मंगलबार बिहान ११ बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्नेछ।

बैठकमा राष्ट्रिय महाधिवेशनको तयारी तथा ५ प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनयनको मापदण्डबारे छलफल हुने सचिव तामाङले बताए।

यही मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा झण्डै २ हजार प्रतिनिधि सहभागी हुनेछन्। १ हजार ९०० को हाराहारीमा प्रतिनिधिहरु निर्वाचित भएर आएका जनाइएको छ।

५ प्रतिशत महाधिवेशन प्रतिनिधि चयन गर्ने विषयमा स्थायी कमिटी बैठकले मापदण्ड बनाएर केन्द्रीय कमिटीमा पेस गर्नेछ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend