शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

पार्टीलाई गति दिन सहि प्रतिनिधि छनोट गरौंः गगन थापा

पार्टीलाई गति दिन सहि प्रतिनिधि छनोट गरौंः गगन थापा

 

 

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले सोमबार एक अपिल जारी गर्दै प्रतिनिधिको एउटा निर्णय र छनोटले पार्टी कस्तो बनाउने भन्ने कुरा तय हुने स्मरण गराएका छन । क्षेत्रीय प्रतिनिधि पार्टीको आधारभूत तहको निर्णायक शक्ति भएको उनले बताए ।

‘कांग्रेसजनको मत र भावनाको प्रतिनिधिको रुपमा कस्तो कांग्रेस बनाउने भन्ने जगमा तपाई हुनुहुन्छ। जग कमजोर भयो भने जतिसुकै मेहनतले घर बनाउन खोजेपनि बलियो बन्न सक्दैन। लाखौं क्रियाशील सदस्यहरूले तपाईजस्तै क्षेत्रीय प्रतिनिधि चुनेर पार्टीको नेतृत्व र नीति निर्धारण गर्ने महाधिवेशनका प्रतिनिधि छनोट गर्नका लागि पठाउनु भएको छ। तपाईको एउटा निर्णय र छनोटले पार्टी कस्तो बनाउने भन्ने कुरा तय गर्नेछ।’ विज्ञप्तिमा भनिएको छ,‘तपाईले आज छनोट गरेर पठाउने महाधिवेशन प्रतिनिधिले नै मंसिर २४ गते देखि हुने नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा पार्टीको नेतृत्व छनोट गर्नेछ। आज सहि निर्णय गर्न सक्यौं भने मात्र पार्टीले सही गति लिनेछ। पार्टीलाई नवजीवन दिने कामको आरम्भ तपाईहरूबाट हुदैछ। तपाईको निर्णय पार्टीको सर्वोत्तम हित र नवनिर्माणको लागि हुनेछ भन्ने कुरामा विश्वस्त छु।’

महाधिवेशनमा गुट वा समूहको, पद र प्रतिष्ठाको प्रतिस्पर्धामा मात्रै अल्मलिन नहुने थापाको सुझाव छ। थापाले गुटले पार्टीलाई समुन्नत नेपाल निर्माणको नेतृत्वका लागि सक्षम बनाउने ठूलो अवसर गुमाउने बताएका छन्।
कांग्रेस पार्टीको नीति र नेतृत्वमा गतितशीलता, सामयिकता र नयाँपनको खोजीमा भएको उनको दाबी छ। थापाले महाधिवेशनले कांग्रेस पार्टीको जीवनमा मात्र नभई आगामी स्थानीय तह, प्रदेश र संघीय निर्वाचन अनि राष्ट्रिय राजनीतिलाई समेत प्रभावित गर्ने उनको भनाई छ। विज्ञप्तिमा भनिएको छ,‘नेपाली कांग्रेस पार्टीको जीवनमा महाधिवेशन आवाधिक रुपमा नेतृत्व छनोट गर्ने प्रक्रिया मात्रै होइन हामीले कस्तो कांग्रेस बनाउन चाहान्छौं भनेर निर्णय गर्ने अवसर पनि हो। निःसन्देह हामी सबै कांग्रेसमा रुपान्तरण चाहान्छौं।’ विज्ञप्तिमा भनिएको छ,‘ जब त्यो रुपान्तरित कांग्रेसका लागि आफ्नो तहमा निर्णय गर्ने समय आउँछ, हामी अलमलिएर पार्टीलाई दिशानिर्देश गर्ने अवसर खेर जाने गरेको छ। यस पटकको महाधिवेशनमा लिइने निर्णयको प्रभाव अझ दूरगामी हुनेछ। हामीले गर्ने निर्णयले यो कांग्रेस पार्टीको जीवनमा मात्र होइन लगत्तै हुने स्थानीय तह, प्रदेश र संघीय निर्वाचन अनि राष्ट्रिय राजनीतिलाई समेत प्रभावित गर्नेछ।’

महाधिवेशनले पार्टीलाई विवेकपूर्ण ढंगले संविधान निर्दिष्ट बाटोलाई फराकिलो पार्दै गन्तव्यसम्म पुर्‍याउने जिम्मेबारी बहन गर्न सक्षम बनाउँदा मात्र संघर्षका प्राप्तिहरू दीगो हुने उनको दाबी छ।

आसन्न १४ औं महाधिवेशनअन्तर्गत आज १४९ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन सुरु हुँदैछ। कूल १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये यसअघि १६ निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न भइसकेको र बाँकी ६० जिल्लाका प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा सोमबारदेखि अधिवेशन हुन लागेको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

 

 

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend