शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

के घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका हुन ? यसो भन्छन् भुसाल निकट एक नेता

के घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका हुन ? यसो भन्छन् भुसाल निकट एक नेता

 

काठमाडौं । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले उपाध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेका छन्। यही मंसिर १० १२ मा चितवनमा हुने एमालेको दशौं महाधिवेशनमा भुसालले उपाध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका हुन्। ‘अहिलेको महाधिवेशनमा जोगिएर उम्मेदवारी दिनुस् भनेका छौं। त्यसका लागि उपयुक्त उपाध्यक्ष नै हुन्छ भनेका छौं’, भुसाल निकट एक नेताले भने, ‘उम्मेदवारी दिने तयारीमा त हुनुहुन्छ। तर, कुन पदमा उम्मेदवारी दिने भन्ने विषयमा निर्णय गरिसक्नु भएको छैन।’

भुसालनिकट तल्लो तहका नेताहरूले अध्यक्ष केपी शर्मा ओलीसँग भिडेर जाने भन्दापनि सहमतिमा उपाध्यक्ष पदमा बस्दा सुरक्षित हुने सुझाव दिएका छन्। माधवकुमार नेपाल छाडेका शीर्ष १० नेताहरू पनि भूसालसँग टाढिएका छन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend