शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

माधव नेपालको चितवनको सम्बोधनले ल्यायो राजनीतिमा तरंग !

माधव नेपालको चितवनको सम्बोधनले ल्यायो राजनीतिमा तरंग !

 

चितवन । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेको झण्डा बोक्ने कोही नभएर गैंडालाई बोकाएको टिप्पणी गरेका छन् ।

शुक्रबार चितवनमा आयोजित जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमालेले १० औं महाधिवेशनको प्रचारप्रसारमा मजदुर, किसानले बोक्नुपर्ने पार्टीको झण्डा कोही नभएपछि जंगली जनावरलाई बोकाएको ब्यड्ग्य गरे ।

उनले एमाले पतन हुने निश्चित भएको भन्दै त्यसको सुरुवात विभिन्न जिल्लामा एमाले छाडेर समाजवादीमाप्रवेश गर्ने लहर चलेको पनि दावी गरे ।

पाँच दलीय गठबन्धन बलियो भएको र आगामी राष्ट्रिय सभाको निर्वाचनमा केपी ओलीको पार्टीविरुद्ध एकताबद्ध भएर जाने पनि अध्यक्ष नेपालले बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend