शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

योगेश भट्टराईले आज ओलीको पक्षमा बोलेको कुरा बन्यो भाइरल, के बोले त्यस्तो ?

योगेश भट्टराईले आज ओलीको पक्षमा बोलेको कुरा बन्यो भाइरल, के बोले त्यस्तो ?

फाइल फोटो।

 

काठमाडौं । नेकपा (एमाले)का सचिव एवं प्रचार विभाग प्रमुख योगेश कुमार भट्टराईले पार्टीको १० औँ महाधिवेशनले पार्टी अध्यक्षमा केपी शर्मा ओलीलाई नै सर्वसम्मत चयन गर्ने बताएका छन्। सचिव भट्टराईले पार्टीको नेतृत्व चयन सर्वसम्मतीले भए अध्यक्षमा ओली नै चयन हुने बताएका हुन्।

शुक्रवार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले विगतका आठौँ र नवौँ महाधिवेशनमा भएको खुला चुनावले पार्टीलाई विभाजनको तहसम्म पुर्‍याएकाले दशौँ महाधिवेशनमा पार्टीको नेतृत्व सर्वसम्मत ढंगले चयन गर्नुपर्नेमा आफूहरु जोड रहेको तर्क समेत गरे। सचिव भट्टराईले पार्टीमा समूह बन्दीको अवस्था आउन नदिन पनि सहमतिमै नेतृत्व चयन गर्नु उपयुक्त हुने बताए। सहमतिमा नेतृत्व चयन नभए प्रतिनिधिहरु जो कोहीले पनि नेतृत्वको दावी गर्न पाउने उनले स्पष्ट पारे।

सचिव भट्टराईले भने, ‘पार्टीको नेतृत्व सर्वसम्मत हुन्छ। त्यो सर्वसम्मत हुने अवस्थामा केपी ओली पार्टीको अध्यक्ष हुनुहुन्छ। मिसन के छ भने एमाले यस पटक सर्वसम्मत ढंगले नेतृत्व चयन गर्ने। किनकी हामीले आठौँ महाधिवेशनमा खुला चुनाव गर्‍यौँ। नवौंमा पनि खुला चुनाव गर्‍यौँ। त्यो चुनावको अनकौँ असल पक्षहरु पनि थिए, नेतृत्वको चुनाव हुँदा। तर, त्यसको कमजोरी पक्ष के रह्यो भने त्यसले पार्टीमा तलदेखि माथिसम्म समानान्तर विभाजनको अवस्था ल्यायो। समूहबन्दीको अवस्था ल्यायो। पार्टी विभाजनसम्म हामी भोगी राखेका छौँ। यो तितो अनुभवबाट शिक्षा लिँदै यस पटक हाम्रो जोड छ कि( पार्टीमा सहमतिका साथ नेतृत्व चयन गर्ने। एसो गर्दा ए, बी, सी जो पनि हुन सक्छ। त्यो हाम्रो कोसिस छ। र, त्यो भएन भने हरेक मान्छेले आफूले चाहेको ठाउँमा प्रतिस्पर्धा गर्न पाउँछ। त्यसको निम्ति कुनै बन्देज छैन।’

सचिव भट्टराईले पार्टी भित्र विभिन्न विचार समूहबाट आएका नेताहरु रहेको उल्लेख गर्दै महाधिवेशनले उनीहरु सबैको सम्मानजनक ढंगले व्यवस्थापन गर्ने पनि बताए।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend