शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

एमाले नेता सूर्य थापाको अन्तरबार्ता बन्यो भाइरल, दिए कडा जवाफ !

एमाले नेता सूर्य थापाको अन्तरबार्ता बन्यो भाइरल, दिए कडा जवाफ !

 

 

काठमाडौं । नेकपा एमालेका नेता एवं प्रचार विभाग उपप्रमुख सूर्य थापाको अन्तरबार्ता भाइरल बनेको छ । उनले केपी ओलीसँग प्रतिस्पर्धा गर्न चाहने नेताहरूलाई सौराहाको चिसो ख्याल गर्न आग्रह गरेका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता थापाले भने, “अहिले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई विपक्षीहरुले चौतर्फी घेराबन्दी गरेका बेला आन्तरिक प्रतिस्पर्धा मुख्य कुरा होइन, पार्टी बलियो बनाउनुपर्छ । पार्टीमा लोकतान्त्रिक अधिकारको सम्मान गर्ने परिपाटी छ । म लालबाबु पण्डितले जस्तो ओलीलाई टक्कर दिन खोज्नेको जमानत जफत हुन्छ त भन्दिनँ तर सौराहामा चिसो मौसमलाई ख्याल गर्नु राम्रो हो ।”
अहिले पार्टीपंक्ति केपीको ओलीलाई मियो बनाएर अघि बढ्न चाहिरहेको थापाले दाबी गरे । उनले भने, “गत असोजमा भएको विधान महाधिवेशनमा सर्वसम्मति भयो, यस्तो अवसर पुष्पलालको पालामा बाहेक कहिल्यै आएको थिएन । दसौं महाधिवेशनमा वडा, पालिका र जिल्लामा अधिवेशन ९८ प्रतिशत सर्वसम्मति भयो । अब राष्ट्रिय महाधिवशेनमा पनि त्यही हुन्छ । यो कुरा हरेकले बुझ्नुपर्छ ।”
मंसिर १० मा चितवन सुरु हुने दसौं महाधिवेशनको उद्घाटन सत्रमा कसरी ५ लाख जनता उतार्नुहुन्छ भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, “तपाईंले नपत्याए जस्तो नगर्नुस् ऋषिजी, तपाईंजस्तो आँ गर्दा अलंकार बुझ्ने र भानुभक्तका बाजे श्रीकृष्णलाई पनि माथ गर्ने पत्रकारले जनसमुदायको लहर हेर्नुस्, प्रत्यक्ष प्रसारण गर्नुस् । चितवनमा चिसो छ, ५ लाख मानिस बस्ने ठाउँ छैन नभन्नुस् ।”
नारायणकाजी श्रेष्ठका कार्यकर्ता चण्डेश्वर श्रेष्ठको नेतृत्वमा कालो कोटधारीको तमासाका आधारमा प्रधानन्यायाधीशले राजीनामा दिन नहुने उनले बताए । उनले भने, “बार आन्दोलनमा एमालेले बोलेन भन्नेहरू कान, आँखा र दिमागका बिरामी हुन् । पदक, पैसा र प्रलोभनमा परेर फैसला गर्ने ५ जना न्यायाधीशले राजीनामा गरेर अदालत खाली गर्नुपर्छ ।”

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend