सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

मेगा बैंकको लाभांश संशोधन

मेगा बैंकको लाभांश संशोधन

 

 

काठमाडौं । मेगा बैंकले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको लाभांश संशोधन भएको छ। यसअघि १२.०७ प्रतिशत बोनश शेयर मात्रै वितरण गर्ने प्रस्ताव गरेको बैंक सञ्चालक समितिले मंगलबार १० प्रतिशत बोनश शेयर र २.०७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

बैंकले यसअघि बोनश मात्र वितरण गर्ने प्रस्ताव गरेकोमा नेपाल राष्ट्र बैंकले कर प्रयोजनको लागि नगद समेत प्रस्ताव गर्न निर्देशन दिएपछि पुनः लाभांश दर संशोधन गरेको हो। उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend