शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

‘पढ्दै कमाउँदै कार्यक्रम’ कार्यान्वयन गर्न कार्यविधि बन्दै

‘पढ्दै कमाउँदै कार्यक्रम’ कार्यान्वयन गर्न कार्यविधि बन्दै

 

काठमाडौं । सरकारले ल्याएको ‘पढ्दै कमाउँदै कार्यक्रम’ कार्यान्वयन प्रक्रिया अघि बढेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यी कार्यक्रमको कार्यविधि बन्दै गरेको जनाएको छ।

गत भदौमा अर्थमन्त्री जनार्दन शर्माले बजेट अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा पेश गर्दै प्राविधिक विधामा अध्ययन गर्ने कक्षा १२ सम्मका विद्यार्थीलाई ‘पढ्दै कमाउँदै कार्यक्रम’ सबै प्रदेशका केही विद्यालयमा नमुनाका रुपमा सुरुवात गरिने बताएका थिए।

मन्त्रालयका सहायक प्रवक्ता एवं सूचना अधिकारी धनबहादुर श्रेष्ठले यसका लागि कार्यविधि बनिरहेको जानकारी दिए। ‘अर्थमन्त्रीज्यूले ल्याउनु भएको कार्यक्रमको कार्यविधि बन्दै छ, बनेपछि कार्यान्वयनमा आउँछ, यसले धेरै विद्यार्थीको भविष्य राम्रो बनाउने छ।’
कार्यविधि बनिसकेपछि मात्रै सेवा सुविधाबारे जानकारी हुने उनको भनाइ छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend