शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

विप्लवले जारी गरे यस्तो विज्ञप्ति

विप्लवले जारी गरे यस्तो विज्ञप्ति

फाइल फोटो

 

काठमाण्डौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नेपाल बन्द गराउँदा पक्राउ परेका आफ्ना कार्यकर्तालाई रिहा गर्न माग गरेको छ।

मंगलबार राति पार्टी महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै बन्दका क्रममा पक्राउ गरेका तीन सय बढी कार्यकर्तालाई बिना सर्त रिहा गर्न माग गरेको हो।

त्यस्तै, कार्यकर्ता पक्राउ गरी दमन गरेको भन्दै पार्टीले विरोध जनाएको छ।

त्यस्तै, मूल्य वृद्धि र महँगी जनताको हितविपरीत भएको कारण मूल्यवृद्धि खारेज नभएसम्म संघर्ष निरन्तर अगाडि बढ्ने महासचिव विप्लवले जनाएका छन्।

मंगलबार नेपाल बन्द गराउँदै हिँडेका दुई सय बढी कार्यकर्तालाई पक्राउ गरेको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक बसन्तबहादुर कुँवरले जानकारी दिए।

बन्दका क्रममा ललितपुर र धरानमा दुई ठाउँमा मात्रै सवारीसाधनमा तोडफोड भएको उनले बताए।

 

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend