विराटनगर । सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव गरीब जनताको पक्षमा बोलेका छन । जनताले उनको खुलेर प्रशंसा गर्न थालेका छन । उनले पेट्रोलियम पदार्थको अहिलेको मूल्य घटाउनुपर्ने बताएका छन् । जनताले मूल्यवृद्धि धान्न नसक्ने भएको भन्दै यस विषयमा सरकारले पुनर्विचार गर्नुपर्ने पनि उनले बताए ।
‘पेट्रोलियम पदार्थको मूल्यवृद्धि अन्तरराष्ट्रिय स्तरमा भएको मूल्यवृद्धिका कारण भएको हो,’ विराटनगर विमानस्थलमा आइतवार सञ्चारकर्मीहरूसँग कुरा गर्दै यादवले भने, ‘तर अहिलेको मूल्यवृद्धि जनताले धान्न नसक्ने भएकाले घटाउनुपर्छ ।’
अर्को प्रसंगमा यादवले न्यायालयमा देखिएको अहिलेको समस्याको समाधान न्यायालय आफैले खोज्नुपर्ने बताए । न्यायालयभित्रको समस्यामा राजनीतिक हस्तक्षेप गर्दा त्यसको प्रभाव अन्य क्षेत्रमा पनि पर्ने भएकाले त्यसो गर्नु उपयुक्त नहुने उनको भनाइ थियो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend