काठमाण्डौं । नेपाल कम्युनिस्ट पार्टीले भोलि नेपाल बन्दको घोषणा गरेको छ । विप्लव नेतृत्वको नेकपाले मंगलबार पेट्रोलियम पद्धार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै यस्तो घोषणा गरेको हो ।
नेकपाका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोलाले बैंक तथा वित्तीय संस्थाका गाडी पनि चल्न नदिने बताएका छन् । मंगलबारको बन्दमा अस्पताल, एम्बुलेन्स, खानेपानी, तरकारी र दुग्धजन्य पदार्थ, दमकल लगायतका सेवा भने खुल्लै रहनेछन् भने बजार व्यवसाय, स्कुल, कलेज, कलकारखाना, यातायात लगायत अरु सबै क्षेत्र बन्द आव्ह्वान गरिएको नेकपाले जनाएको छ । सरकारले बैंक तथा वित्तीय संस्थापनि अत्यावश्यक सेवामै राखेको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend