शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

मालेको महासचिवमा फेरि सिपी मैनाली

मालेको महासचिवमा फेरि सिपी मैनाली

 

चितवन । नेकपा (माले) को चितवनमा सम्पन्न आठौं महाधिवेशनले पुनः सीपी मैनालीलाई नै महासचिव बनाएको छ। सोमबार सम्पन्न महाधिवेशनले ५९ केन्द्रीय कमिटी सर्वसम्मत चयन गरेको हो।

उक्त केन्द्रीय कमिटीको पहिलो बैठकले मैनालीलाई पुनः पार्टी महासचिव बनाएको हो। दोस्रो बैठकले कमिटीमा २२ जना सदस्य थप गरेर ८१ सदस्यीय बनाउने नेता डम्बर श्रेष्ठले जानकारी दिए। पार्टीको विभाग, स्थायी कमिटी, पोलिटब्युरो सदस्यहरू पुसमा हुने दोस्रो बैठकले तय गर्ने उनले बताए।

महाधिवेशनको बन्दसत्रमा महासचिव मैनालीले नेपाली क्रान्तिको कार्यक्रम  नयाँ जनवाद, राजनीतिक प्रतिवेदन, एनपी आचार्यले पार्टी संगठन, सिद्धान्त र प्रस्ताव, डम्बर श्रेष्ठले पार्टी विधान, कुमार बेलबासेले पार्टीको तत्कालिक कार्यनिति, दिनानाथ घिमिरेले संगठनात्मक प्रतिवेदन प्रस्तुत गरेका थिए।

३० वर्षदेखि उक्त पार्टीको नेतृत्व गर्दै आएका मैनालीले पुनस् महासचिव बनेपछि पत्रकारहरूसँग कुरा गर्दै अब जनताको विश्वास जित्नेगरी वैकल्पिक शक्तिका रूपमा अगाडि बढ्ने बताए।

उनले नेपालमा संसदीय व्यवस्था असफल भएकाले मालेले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र संवैधानिक राष्ट्र प्रमुख बनाउनुपर्ने नीति लिने बताए।

पूर्णसमानुपातिक प्रणालीबाट सांसद निर्वाचित गर्ने गरी निर्वाचन प्रणाली पनि बदल्नुपर्ने बताए।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend