शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

आज शहीदलाई सम्झँदै ओलीले गरेको भाषणले राजनीतिमा ल्यायो ठूलै तरंग, बन्यो सभा एमालेमय !

आज शहीदलाई सम्झँदै ओलीले गरेको भाषणले राजनीतिमा ल्यायो ठूलै तरंग, बन्यो सभा एमालेमय !

 

 

धनकुटा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पञ्चायत सरकारले हत्या गरेका शहीद सम्झँदै धनकुटाको छिन्ताङमा पुगेर नेपालको राजनीतिमा ठूलै तरंग ल्याएका छन । उनले नेपाली कांग्रेस ‘थोत्रो पार्टी’ भइसकेको बताए  । धनकुटामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘नेपाली कांग्रेस थोत्रो पार्टी भइसक्यो, अब नेपाली कांग्रेसको पछाडि लाग्नेहरू कस्ता होलान् विचार गर्नुस् त,’ ओलीले भने, ‘आफ्नो दुईतिहाइको सरकार ढालेर बुढो कांग्रेसका पछाडि लागेर अनि सरकारमा सहभागी हुने कस्तो बुद्धि होला तिनीहरूको ?  त्यसैकारण आज धेरै व्यक्ति उज्ज्वल भविष्य देखेर नेकपा एमालेमा प्रवेश गरेका छन् ।’

उनले एमालेमा प्रवेश गर्नेहरू कहिले पनि पछुताउनुनपर्ने पनि बताए । ‘एमाले प्रवेश गर्नेहरू कहिले पनि पछुताउँदैनन्, पाँच वर्षपछि एमालेमा प्रवेश गरेर समयमै बुद्धि पुर्‍याइएछ भनेर भन्नुहुनेछ,’ ओलीले भने, ‘नेकपा एमालेका नेताहरूको अरू कुनै उद्देश्य छैन, आफ्ना परिवारका सदस्यहरूलाई घर किनिदिने उद्देश्यका लागि राजनीति गरेको होइन, आफ्नो परिवारका छोरीबुहारीका लागि राजनीति गरेको होइन एमालेले । हाम्रो पार्टीले देश र जनताका लागि राजनीति गरेको हो ।’ उनले एमालेले मौका पाउँदा कसरी काम गर्छ भनेर पनि जनताले थाहा पाइसकेको पनि दाबी गरे ।

‘देशको विकास मौका पाउनेबित्तिकै कसरी काम गर्छ एमालेले भन्ने कुरा सधैं देखाएको छ । २०५१ सालमा अल्पमतको सरकार बन्यो त्यसबेला कहिले पनि कसैले नस सम्झेको काम एमालेले गर्‍यो । जेष्ठ नागरिकहरूलाई एमालेले सम्झियो, वृद्धभत्ताको व्यवस्था एमालेले गर्‍यो,’ ओलीले भने, ‘एमालेले एकपल्ट मात्र होइन सधैं सम्झन्छ । एमालेले नै जेष्ठ नागरिक भक्ता १ सयबाट आज आएर दिनकै १ सय ३३ रुपैयाँ पुर्‍याएको छ अर्थात् महिनाको ४ हजार पुर्‍याएको छ । यति मात्र होइन सबैको सहारा एमाले बनेको छ ।’

कार्यक्रममा ओलीले सहिदहरूको सपना एमालेले साकार पार्ने दाबी समेत गरे । मौका पाउने बित्तिकै एमालेले विकास गरेर देखाएको उनको दाबी छ । ओलीले सर्वोच्च अदालत अगाडि लाठ्ठी चार्ज र हानाहान भइरहेको भन्दै त्यसप्रति आलोचना गरेका छन् ।  उनले केही वकिलहरुको दादागिरी चलेको टिप्पणी गरे । जनताका समस्या हुँदाहुँदै न्यायाधीशहरु मुद्दा नहेरी आफ्नो स्वार्थमा लागेको उनको आरोप छ ।

“एमाले अलिकति कमजोर भयो भने कस्तो हुँदोरहेछ देख्नुभो नि ! पाँच दलको गठबन्धनको कानुनी क्षेत्रको मारामार, कहिले लात्ति हानाहान, कहिले बन्द हड्ताल । अहिले सर्वोच्च अदालतका अगाडि लाठी चार्ज तथा मारामार, हानाहान, को–कोहोलो के गर्या हो त्यो  ?  अदालत हो कि।।। ? ,” उनले भने “जनताका समस्या त्यतिकै छन्, न्यायाधीश मुद्दा हेर्दैनन् । जनताको मुद्दा हेर्दैनन् । आ–आफ्ना स्वार्थको दाउपेच । केही वकिलहरुको दादागिरी चलेको छ । हामीले जे भन्यो त्यही हुनुपर्छ ।”

छिन्ताङ हत्याकाण्डको ४३ वर्ष पूरा भएको दिन आज नेकपा एमालेले स्मृति दिवस मनाएको छ । २०३६ साल कात्तिक २९ गते पञ्चायत सरकारविरोधी आन्दोलनको क्रममा कम्युनिष्टमा आस्था राखेको आरोपमा तत्कालीन सरकारले छिन्ताङमा १६ जनाको गोली हानेर हत्या गरेको थियो ।

छिन्ताङमा हत्या गरिएका १६ जनालाई केही वर्षअघि मात्र राष्ट्रिय शहीद घोषणा गरेर हरेक वर्ष आजकै दिन छिन्ताङ स्मृति दिवस मनाउने गरिएको छ ।

शहीदभूमि गाउँपालिकाको छिन्ताङमा आयोजना गरिएको स्मृतिसभामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेताहरू सुवास नेम्वाङ, शंकर पोखरेल, रामबहादुर थापा ‘बादल’ लगायतका नेता र कार्यकर्ता सहभागी  थिए ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend