शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

एमाले अध्यक्ष ओली कार्यक्रमलाई सम्बोधन गर्न आज धनकुटा जाँदै

एमाले अध्यक्ष ओली कार्यक्रमलाई सम्बोधन गर्न आज धनकुटा जाँदै

फाइल फोटो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज धनकुटा जाने भएका छन्। ओली आज विहान ११ बजे विराटनगर हुँदै धनकुटा जाने कार्यक्रम रहेको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ।

छिन्ताङ हत्याकाण्डमा मारिएका सहिदको स्मृतिमा नेपाल कम्युनिस्ट पार्टी एमाले धनकुटाले छिन्ताङमा आयोजना गरेको ४३ औं सहिद स्मृति कार्यक्रमलाई सम्बोधन गर्न उनी धनकुटा जान लागेका हुन्।

कार्यक्रममा अध्यक्ष ओलीसहित एमाले स्थायी कमिटी सदस्यहरूको उपस्थिति रहनेछ। यस्तै सभामा कलाकार बद्री पंगेनी, प्रिया भण्डारीलगायतका प्रस्तुति रहनेछ।

खोकु छिन्ताङ र आँखिसल्लामा २०३६ साल कात्तिक अन्तिम साता तत्कालीन पञ्चायत सरकारले १६ जना कम्युनिस्ट कार्यकर्ताको निर्मम हत्या गरेको थियो।

कम्युनिस्ट पार्टीमा आस्था राखेको आरोपमा तीन दिनकी सुत्केरीसहित १६ जनाको हत्या गरिएको थियो। १६ जना मध्ये कसैलाई भीरबाट लडाएर, कसैलाई गोली हानेर, कसैलाई अरुण नदीमा बगाएर हत्या गरिएको थियो।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend