शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

माओवादी छाडेका रामचन्द्र झाले पाए समाजवादीमा यति ठूलो जिम्मेवारी !

माओवादी छाडेका रामचन्द्र झाले पाए समाजवादीमा यति ठूलो जिम्मेवारी !

फाइल फोटो

काठमाण्डौं । नेकपा माओवादी केन्द्र छाडेका नेता रामचन्द्र झालाई माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले यति ठूलो जिम्मेवारी दिएको छ । उनलाई नेकपा एकीकृत समाजवादीले सचिवालय सदस्य बनाएको छ।

समाजवादीको आइतवार बसेको केन्द्रीय कमिटी बैठकले झालाई केन्द्रीय सदस्यमा मनोनित गरी सचिवालयमा राख्ने निर्णय लिएको हो। समाजवादीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार एमालेबाट आएका वंशीधर मिश्रलाई केन्द्रीय कमिटीमा मनोनित गरी स्थायी कमिटी सदस्य बनाउने निर्णय गरिएको छ। त्यस्तै माले समूहबाट आएका कुलप्रसाद फुयाल, शंकर पोख्रेल र निलमणि बराललाई केन्द्रीय कमिटीमा मनोनित गरिएको छ।

एमालेबाटै आएका डा तारा जोशीलाई केन्द्रीय कमिटीमा मनोनित गरिएको छ। माले समूहबाट आएका श्यामराज राईलाई केन्द्रीय परिषद्मा र कारिप्रसाद यादवलाई प्रदेश २ कमिटीमा मनोनित गर्ने निर्णय बैठकले गरेको प्रवक्ता खतिवडाले जानकारी दिएका छन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend