शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

म एमालेमै छु, म नेकपा (एस)मा गएको भन्नेमा सत्यता छैनः द्वारिकालाल चौधरी

म एमालेमै छु, म नेकपा (एस)मा गएको भन्नेमा सत्यता छैनः द्वारिकालाल चौधरी

 

सुनसरी । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले आफू नेकपा (एस)मा प्रवेश नगरेको बताएका छन् । उनले नेकपा (एस)का अध्यक्ष माधव कुमार नेपाललाई आफ्नो घरमा खाना खुवाएको तर पार्टी प्रवेश नै भने नगरेको बताएका हुन् ।

गत शुक्रबार उनको निवासमा अध्यक्ष नेपालसहित प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईपनि उनको घरमा खाना खाँदै गरेको तस्बीर सार्वजनिक भएको थियो । त्यसपछि चौधरी पनि नेकपा (एस)मा प्रवेश भएको भन्ने चर्चा चलेको थियो ।

आईतबार उनले भनेका छन्, ‘माधव नेपाल मकहाँ आउनु भयो । मैले खाना खुवाएको हुँ। खाना खाएर माधव नेपाल फर्कनुभयो । म नेकपा (एस)मा गएको भन्नेमा सत्यता छैन । म अहिले एमालेमै छु।’

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend