काठमाण्डौं । माधब नेपाललाई फेरी धक्का लागेको छ । नेकपा एकिकृत समाजवादीका प्रखर बक्ता राम प्रसाद रिजालले पदवाट राजीनामा दिएका छन । उनले आज आफनो फेसबुकमार्फत पदवाट राजीनामा दिएको जानकारी दिएका हुन । उनले फेसबुकमा भनेका छन्, ‘मैले आजको मिति देखि नेकपा एकिकृत समाजवादीको केन्द्रीय परिषद सदस्यबाट यसै फेसबुकबाट राजीनामा दिएको छु । यस समाजवादी पार्टी निमार्णमा आफ्नो पनि लगानी भएकोले पार्टी भने छोड्न सक्दिन । म यस पार्टीको साधारण सदस्य वा कार्यकताको हैसियतमा सकृय रहिरहने जानकारी गराउँछु । धेरै कुरा लेख्न चाहन्न । नेकपा एकिकृत समाजवादी पार्टी नेपाल जिन्दाबाद ।” खबर बेक्रिङले थाहा पाए अनुसार उनले केन्द्रिय सदस्य नपाएर पदवाट राजीनामा दिएको जानकारी प्राप्त भएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend