शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

प्रचण्डको स्वास्थ्य अवस्था कस्तो छ ? यसो भन्छिन् गंगा दाहाल

प्रचण्डको स्वास्थ्य अवस्था कस्तो छ ? यसो भन्छिन् गंगा दाहाल

 

 

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शनिबार अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई ललितपुरको मेडिसिटी अस्पताल भर्ना गरिएको थियो । डोल्पालगायत विभिन्न जिल्लाको भ्रमण गरेर काठमाडौं फर्केपछि धपेडीका कारण उनको रक्तचाप बढेको प्रचण्ड पुत्री गंगा दाहालले बताएकी छिन् ।

आरामपछि अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको पुत्री दाहालले सामाजिक सञ्जालमा बताएकी छिन् । चिकित्सकका सल्लाह अनुसार केहि घण्टा आराम गराई उनलाई डिस्चार्ज गरिने जनाइएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend