काठमाडौं । नेकपा(एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठक बस्दैछ ।केन्द्रीय कमिटी बैठक शनिवार बिहान ११ बजे ललितपुरस्थित हेरिटेट पार्टी प्यालेसमा बस्नेगरी बोलाइएको एक नेताले जानकारी दिए । बैठकमा सरकारमा सहभागी मन्त्रीहरुले गरेका काम, निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोगले गरेका कामहरुका बारेमा जानकारी गराउनुका साथै समसामयिक राजनीतिक परिस्थितिको सम्बन्धमा पनि छलफल गरिने जनाइएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend