शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

रिजालले बोलेको कुरा बन्यो भाइरल !

रिजालले बोलेको कुरा बन्यो भाइरल !

 

 

सुनसरी । सुनसरीको रेडियो धरानले आयोजना गरेको फूलबारी वहस विशेषमा नेकपा एकिकृत समाजवादीका नेता रामप्रसाद रिजालले बोलेको कुरा भाइरल बनेको छ । उनले नेकपा पार्टीलाई ३ टुक्रा पार्ने मुख्य दोषी खड्क प्रसाद ओली भएको बताएका छन ।

एमालेबाट ओलीको बहिर्गमन नभए सम्म आफ्नो पार्टी एकिकृत समाजवादीको एकता एमाले संग हुनै नसक्ने उनको भनाई छ ।

जवज सिद्धान्त ओलीले खाईसकेकोले पटक पटक संसदको हत्या गर्ने ओली र उनको गुट कसरी जवज पक्षधर हुन सक्छ ?  रिजालले प्रश्न गरे ?

ओलीको प्रतिगामी कदम को कारण केन्द्र सरकार र ७ वटै प्रदेशमा ओली र उनको एमाले नामको कम्युनिस्ट पार्टी सड़कमा पुगेकोले अब ओली रहुन्जेल एमाले पार्टी कहिल्ये पनि सडक बाट उठन् नसक्ने समेत रिजालले चेतावनी दिए ।

आफ्नो पार्टी को मुख्य एजेंडा जवजलाई टेकेर नेपाली मोडेलको समाजवाद प्राप्त गर्नू रहेको र समाजवाद आईसके पछी नेपाली जनता ले आर्थिक समृद्धि प्राप्त गरी नेपालमा धनी र गरिव बीचको खांडलको अन्त भई नेपाल राम राज्य हुने रिजालको भनाई छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend