फाइल फोटो
काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक आज बस्दैछ । बैठक आज साँझ भर्चुअल रुपमा बस्न लागेको पार्टी सचिवालयले जनाएको छ ।
बैठक आसन्न राष्ट्रिय सम्मेलनका विषयमा केन्द्रित रहने बताइएको छ । बैठकमा आसन्न राष्ट्रिय सम्मेलनको तयारीको समीक्षा तथा संगठित सदस्यको नवीकरणको म्याद थप गर्नेबारे छलफल हुने एक नेताले बताए ।
यस्तै, बैठकमा वडा, पालिका र जिल्ला सम्मेलनका विषयमा पनि छलफल हुने जनाइएको छ । माओवादी केन्द्रले पुस ११ देखि १३ सम्म राष्ट्रिय सम्मेलन गर्दैछ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend