शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

एमाले अध्यक्ष केपी ओलीसँग कोमल वलीले खिचाएको तस्बिर भयो भाइरल !

एमाले अध्यक्ष केपी ओलीसँग कोमल वलीले खिचाएको तस्बिर भयो भाइरल !

मंगलबार बिहान एमाले अध्यक्ष केपी ओलीसँग भेटका क्रममा कोमल वलीले खिचाएको तस्बिर– उनकै फेसबुकबाट।

 

 

काठमाण्डौं ।  पार्टीको १०औं महाधिवेशन नजिकिइरहेका बेला नेकपा एमालेकी नेतृ कोमल वलीले पार्टीका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी छन्।मंगलबार भेटका क्रममा अध्यक्ष ओलीसँग महाधिवेशनबारे छलफल भएको जानकारी राष्ट्रिय सभाकी सदस्यसमेत रहेकी वलीले दिएकी छन्।

‘श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीज्यूसँग आज (मंगलबार) बिहान मेरो भेट भयो। वहाँले अबको महाधिवेशनले आमूल परिवर्तन ल्याउनुपर्छ र पार्टी सुदृढीकरणको बाटोमा जानुपर्छ भन्नुभयो’, वलीले भनेकी छन्, ‘त्यसका लागि हामी तयार नै छौं। यो महाधिवेशनले हाम्रो गौरवशाली पार्टी नेकपा एमालेलाई थप सम्मृद्ध बनाउनेमा म निश्चिन्त छु।’

एमालेको नयाँ नेतृत्व चयनका लागि आगामी मंसिर १०–१२ गते चितवनमा १०औं राष्ट्रिय महाधिवेशन हुँदै छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend