काठमाडौं । पेट्रोलियम पर्दाथको मूल्य वृद्धि भएपछि सर्वत्र विरोध भएको छ । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका पूर्व अध्यक्ष तथा प्रमुख संरक्षक होम प्रसाद अधिकारीले तत्काल पेट्रोलियम पर्दाथको मूल्य वृद्धि फिर्ता लिन नेपाल सरकारलाई आग्रह गरेका छन ।
आज खबर ब्रेकिङ संग कुरा गदै उनले यस्तो बताएका हुन । उनले पेट्रोलियम पर्दाथको मूल्य वृद्धि फिर्ता नभए नेपाल आयल निगमको कार्यालय घेराउ गर्ने बताएका छन । उनले नेपाल सरकारलाई तत्काल इन्धनको मूल्य वृद्धि फर्ता लिन चेतावनी दिएका छन ।
उनले हरेक पटक आयल निगमलाई नै राजनीति गर्ने थलो बनाउनुलाई नै ठूलो समस्याका रुपमा देखेको बताए । उनले भने, इन्धन ढुवानीदेखि नै सबै क्षेत्रमा भ्रष्टाचार रोक्नुपर्छ। भ्रष्टचारलाई प्रमाणित गरेर रोकौँ। अब ग्यास चुलोको बिस्थापन गरेर पुर्वाधार परिवर्तन गरिनुपर्छ । जनताको घरघरमा वाइरिङ्ग गर्ने गरेर विद्युतको पूर्वाधारसम्म काम सरकारले गर्नुपर्छ।’
सरकारले पेट्रोलियम पर्दाथको मूल्य वृद्धि फिर्ता नलिए बाध्य भएर यातायात ब्यवसायीले भाडा बढाउने चेतावनी अधिकारीले दिए । नेपाल आयल निगमले बुधबार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ तथा खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर ७५ रुपैयाँले मूल्य वृद्धि गरेको थियो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend