शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

लोसपाको अपीलः ‘सत्यतथ्य विवरण उपलब्ध गराऔँ’

लोसपाको अपीलः ‘सत्यतथ्य विवरण उपलब्ध गराऔँ’

 

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले राष्ट्रिय जनगणना–२०७८ सफल पार्न अपील गरेको छ । अध्यक्ष महन्थ ठाकुरले बिहीबार विज्ञप्ति जारी गर्दै देश विकासको लागि आवश्यक पर्ने आधारभूत तथ्यांक दिने एउटा महत्वपूर्ण माध्यम जनगणना भएको र भावी सन्ततिको लागि विकासको मार्गचित्र कोर्न पनि यसले सहगोग गर्ने भन्दै लोसपाले सहभागी भई सत्यतथ्य विवरण उपलब्ध गराउन अपील गरेका हुन् ।

कुनै नागरिक छुट्दा राज्यले उपलब्ध गराउने सेवा सुविधा, विकास निर्माण, शिक्षा, स्वास्थ्य, सामाजिम क्षेत्रमा विकास र योजना बनाउन प्रभावकारी नहुने भन्दै स्पष्ट तथ्यांक उपलब्ध गराउन लोसपाले नागरिकहरूलाई अपील गरेको हो ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend