सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

१६ ओटा विकास बैंकले प्रकाशित गरे त्रैमासिक वित्तीय विवरण, सबैभन्दा अब्बल मुक्तिनाथ विकास

१६ ओटा विकास बैंकले प्रकाशित गरे त्रैमासिक वित्तीय विवरण, सबैभन्दा अब्बल मुक्तिनाथ विकास

 

काठमाडौं । १६ ओटा विकास बैंकले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । उक्त वित्तीय विवरण अनुसार १६ ओटा कम्पनीमध्ये तीन ओटा कम्पनी घाटामा छन् भने बाँकी १३ ओटा कम्पनी नाफामा रहेका छन् । १६ ओटा कम्पनीमध्ये सबैभन्दा बढी मुक्तिनाथ विकास बैंकले नाफा कमाएको छ । कम्पनीले रू ३४ करोड ५५ लाख ८७ हजार खुद नाफा कमाएको हो । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा १७ प्रतिशत वृद्धि भएको हो ।

कम्पनीले गत आवको पहिलो त्रैमासमा रू। २९ करोड ४१ लाख नाफा कमाएको थियो । त्यसैगरी यस कम्पनीको वितरणयोग्य नाफा सबैभन्दा बढी रू। ९५ करोड ६३ लाख रहेको छ । एनएफआर एस प्रणाली अनुसार कम्पनीले आर्जन गरेको खुद नाफाबाट विभिन्न शीर्षकमा छुट्याए पछिको नाफानै वितरणयोग्य नाफा हो । त्यस्तै, यस कम्पनीको प्रतिशेयर आम्दानी रू २८ दशमलव ७३ पुगेको छ ।

त्यसैगरी, दोस्रोमा महालक्ष्मी विकास बैंकले रू २३ करोड ५ लाख नाफा कमाएको हो । प्रतिशतको आधारमा चालू आवको पहिलो त्रैमासमा सबैभन्दा बढी कर्णाली डेभलपमेण्ट बैंकको नाफामा वृद्धि भएको छ ।

कम्पनीको नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ५५८ प्रतिशत वृद्धि भएको हो । कम्पनीले गत आवको पहिलो त्रैमासमा रू। ३४ लाख ४८ हजार नाफा कमाएकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू२ करोड २७ लाख पुगेको हो । चालू आवको पहिलो त्रैमासमा नारायणी डेभलपमेण्ट बैंक, सिन्धु विकास बैंक र सप्तकोशी डेभलपमेण्ट बैंक घाटामा गएका हुन् ।

यी तीन ओटा कम्पनीमध्ये सप्तकोशी डेभलपमेण्ट बैंकले चालू आवको पहिलो त्रैमासमा रू ११ करोड १ लाख घाटामा रहेको हो । त्यसैगरी सिन्धु विकास बैंकले रू ६६ लाख ६९ हजार र नारायणी डेभलपमेण्ट बैंकले रू ९ लाख ११ हजार घाटामा रहेको हो ।

त्यसैगरी पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका १६ ओटा कम्पनीमध्ये कर्पोरेट डेभलपमेण्ट बैंक, नारायणी डेभलपमेण्ट बैंक र ग्रीन डेभलपमेण्ट बैंकले वितरणयोग्य नाफा उल्लेख गरेका छैनन् । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend