शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

ओलीको सम्बोधनले हल्लियो सत्ता गठबन्धन !

ओलीको सम्बोधनले हल्लियो सत्ता गठबन्धन !

 

 

विराटनगर ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सम्बोधनले सत्ता गठबन्धन हल्लिएको छ ।  उनले आफ्नै पार्टीको नेतृत्वको सरकार ढालेर अर्को पार्टी बनाउनेहरूको आगामी निर्वाचनमा जमानत जफत हुने दाबी गरेका छन् ।
नेकपा एमाले मोरङले प्रदेश राजधानी विराटनगरमा सोमबार आयोजना गरेको चाडपर्व लक्षित शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आगामी निर्वाचनमा नेकपा एमाले विभाजित गरेर नेकपा एकीकृत समाजवादी बनाउने कुनै पनि नेताको जमानत नजोगिने दाबी गरे । “अहिले मन्त्री भएर झण्डा हल्लाउँदै हिंड्दा आनन्द आएको होला,” ओलीले थपे, “तर आगामी निर्वाचनमा उनीहरू सबैको जमानत जफथ हुन्छ ।” प्रदेश सरकार ढालेर, संघीय सरकार ढाल्ने र एमाले छोडेर मन्त्री हुनेहरूले जमानत जोगाउन नसक्ने ओलीले बताए ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले भने, “एमाले सरकार ढालेर खुसी भएका छन् । १ नम्बर प्रदेशमा पनि भर्खरै सरकार ढालेका छन् । सिट धेरै भएर होइन, जनमत धेरै आएर पनि होइन, अहिले एमालेको सिट संख्याको आधा सिट पनि कुनै दलको छैन, एमाले छोडेर मन्त्री भएकाहरूले फेरि आउँदो चुनावमा जमानत जोगाएर देखाउन् त ।”
अधिकांश समय सरकार र सत्तारुढ गठबन्धनको आलोचनामा खर्च गरेका ओलीले बिग्रिएकाहरूले पार्टी छोडेर गएको बताए । वर्तमान सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गर्ने भन्दै चिठी लेखेको भन्ने र प्रचण्डले पत्र पठाएको त हो पास गर्ने भनेर होइन भनेर भनेको भन्दै गठबन्धन सरकारको कुनै उद्देश्य नरहेको दाबी गरे । आफूले चाहने हो भने एक हप्तामै सरकार ढल्ने दाबी गर्दै ओलीले आगामी १३ महिनामा निर्वाचन हुने भएको कारण त्यतातर्फ आफू नलाग्ने बताए । “एमालेले चाह्यो भने यो सरकार एक हप्तामा ढालिदिन्छ,” उनले भने, “तर एमालेले त्यसो गर्दैन अब निर्वाचनमा बहुमतका साथ सरकारमा जान्छ ।”

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend