काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सहमति विपरितका सबै बैठक अवैध भएको जनाएका छन् । उनले आजको एमाले सुदूरपश्चिम प्रदेश कमिटीको बैठक बष्हिकार गर्दै त्यसलाई अवैध र अमान्य भएको बताएका छन्।
मंगलबार बिहान ट्वीट गर्दै रावलले भनेका छन्, ‘आज हुने भनिएको कथित सु।प। (सुदूरपश्चिम) प्रदेश कमिटीको बैठक १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अपानि १२ को विपरीत छ ।
‘यो गुटबन्दीको नमुना हो । यो बैठक र यसका निर्णयहरू अवैध र अमान्य छन् । अपानि–१२ झापामा लागू हुने, सु प मा लागु नहुने किन ? यहाँको भूमि बाह्य अतिक्रमणमा परेकोले हो कि ? ’१० सहमितमा साविकका एमालेका कमिटी तथा जिम्मेवारीहरु यथावत हुने भनिएकोमा सुदूरपश्चिम प्रदेशको इन्चार्ज खोसिएकोमा रावलले आपत्ती जनाउँदै आएका छन् ।
तत्कालीन नेकपा विभाजित भएर आएका माओवादी केन्द्रका नेता लेखराज भट्टलाई अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशको इन्चार्ज तोकेपछि रावल असन्तुष्ट छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend