काठमाण्डौं । राजनीतिक बिश्लेषक तथा लेखक डा डिआर उपाध्यायले नेपालको राजनीतिमा एमाले अध्यक्ष केपी शर्मा ओली जस्तो चर्तुर नेता अरु नभएको दाबी गरेका छन । आज खबर बे्रकिङ संग कुरा गर्दै उनले यस्तो बताएका हुन ।
उनले भने, ‘नेपालको राजनीतिमा एमाले अध्यक्ष केपी शर्मा ओली जस्तो चर्तुर नेता अरु कोही छैनन् । ओलीले नेपालको राजनीतिमा पुरै उथल पुथल ल्याइदिएका छन । ओलीमा उर्जा र आँट छ । अरु नेतामा त्यस्तो छैन ।”
बर्तमान सरकार देश र जनताको पक्षमा त्यति गम्भिर नभएको डा उपाध्यायले आरोप लगाए । उनले भने, ‘बर्तमान सरकार देश र जनताको पक्षमा त्यति गम्भिर छैन । देशमा महंगी बढेको बढै छ, तर सरकार कानमा तेल राखेर बस्छ । यो तरिकाले देश चल्दैन । मलाई यो कुरामा पटक्कै चित्त बुझेको छैन । जनता रोएर बसेको मैले देख्खनै सक्दैन । आज जनता रोएर बसेको अवस्था छ ।”
उनले ओली सरकारले गरेको काम बरु राम्रो थियो यो बर्तमान सरकारले गरेको काम चित्त बुझदो नभएको बताए । बर्तमान सरकारले समय बिताउने काम बाहेक अरु केही प्रगति नगरेको उपाध्यायले आरोप लगाए ।
अब कुरा गरेर मात्रै देशको बिकास नहुने बताउँदै उपाध्यायले देशको बिकास गर्न काम गरेर देखाउनु पर्ने बताए । सत्ता गठबन्धन दल पनि सत्ताकै लागी मरिमेटेको तर जनताको पक्षमा कुनै कुरा नसोचेको उनले आरोप लगाए । अहिलेको राजनीतिमा एमाले अध्यक्ष केपी शर्मा ओली नै उत्कृष्ट नेता भएको उनले बताए ।
सत्ता गठबन्धन दल सत्ताको वरी परि मात्र घुमेको जनताको पक्षमा सिन्को समेत नभाँचेको उनले आरोप लगाए । देशमा भएको परिवर्तनको जनताले कुनै अनुभूति गर्न नपाएको उनले गुनासो गरे । सुरुमा गठबन्धन दलले केही काम गर्छ भन्र्ने सोचेको थिए तर पछि केही पनि गर्न नसकेको देख्दा अचम्म लागेको उनले बताए । एमाले अध्यक्ष ओलीले आफनो पार्टीलाई चलायमान बनाएको तर अरु दलले केही पनि गर्न नसकेको उनले बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend