शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

कांग्रेस मात्रै भरोसायोग्य पार्टीः प्रकाशमान सिंह

कांग्रेस मात्रै भरोसायोग्य पार्टीः प्रकाशमान सिंह

  • शुक्रबार, १९ कार्तिक २०७८

 

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले देशको विकासका लागि आफ्नो पार्टीको विकल्प नरहेको दाबी गरेका छन्। नेपालका कम्युनिस्ट पार्टीहरूले जनतामा भ्रम मात्रै सिर्जना गरेको आरोप लगाउँदै उनले कांग्रेस मात्रै भरोसायोग्य पार्टी भएको जिकिर गरे।

कम्युनिस्टमा पनि झुट बोल्न सबैभन्दा माहिर नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली भएको कटाक्ष गरे।पहिलो संविधान सभामा चारजना कम्युनिस्ट प्रधानमन्त्री बन्दा पनि संविधान बनाउन नसकेको उल्लेख गर्दै उनले दोस्रो संविधान सभापछि बनेको कांग्रेस नेतृत्वको सरकारले संविधान बनाएको बताए।

दुईतिहाइको कम्युनिस्ट सरकार बन्यो तर काम गर्न सक्यो त’, नेता सिंहले भने, ‘कम्युनिस्टहरुले जनतामा भ्रम फैलाएर भोट माग्छन्। भ्रम फैलाउने प्रतियोगिता भए ओलम्पिक जित्छन्। संसारभरमै यति झुटो बोल्ने र भ्रम फैलाउने काममा नेपालका कम्युनिस्टहरुले मात्रै सक्छन्।’

शुक्रबार नेपाल संवतका अवसरमा बुद्धनगरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा नेता सिंहले काम गर्न सक्ने नेता र पार्टीलाई मतदाताले जिताउनुपर्नेमा जोड दिए। उनले काम नगर्ने तर लोकप्रिय नारा दिएर मतदातालाई प्रभावित गर्ने काम भइरहेको टिप्पणी गरे। नेता सिंहले नयाँ नारा मात्रै दिएर राजनीति सम्भव नहुने बताए।

‘मेरो निर्वाचन क्षेत्रलाई एलिटहरु बस्ने ठाउँ भन्छन्। पढेलेखेका मतदाता छन्। चुनावका बेलामा नयाँ नयाँ पार्टीहरु आउँछन्। काम केहि गरेको हुँदैन तर नयाँ र आकर्षक नारा दिएर मतदाता प्रभावित हुने अवस्था छ’, उनले भने।’ उनले जनतालाई विश्वास दिलाउन सक्ने व्यक्ति मात्रै नेता हुने बताए।

‘पोलिटिक्सको ‘पी’ पनि नजान्ने तर नयाँ नारा दिनेहरुबाट जोगिनुपर्छ। गफ गरेर मात्रै हुँदैन। काम गर्नुपर्यो। काम गर्न सजिलो छ ? ’, नेता सिंहले भने।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend