शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

भाईटिकाको अघिल्ला दिन नै ओलीले ल्याइदिए राजनीतिमा तरंग !

भाईटिकाको अघिल्ला दिन नै ओलीले ल्याइदिए राजनीतिमा तरंग !

  • शुक्रबार, १९ कार्तिक २०७८

फाइल तस्बिर

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भाई टिकाका अघिल्ला दिन नै ल्याइदिए राजनीतिमा तरंग । उनले कोहीले चाहँदैमा एमालेलाई सिध्याउन नसक्ने बताएका छन् ।

बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले कुनै एक व्यक्तिले चाहँदैमा नेकपा एमाले सिध्याउन नसक्ने बताएका हुन् ।

उनले नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापालाई लषित गर्दै भ्याकुम लगाएर एमाले सक्ने सपना नदेख्न आग्रह गरे ।

अध्यक्ष ओलीले कांग्रेस नेता थापाले भक्तपुरको एक कार्यक्रममा केही दिनअघि आगामी चुनावमा भक्तपुरबाट क्लिन स्विप गर्ने कुराको उत्तर दिँदै अध्यक्ष ओलीले कांग्रेस कहाँ पुग्यो भन्ने कुराको विचार गर्न आग्रह गरे ।

अध्यक्ष ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेपाललाई कुरु क्षेत्र बनाउने सपना नदेख्न पनि आग्रह गरे ।

उनले १७ हजार नेपाली जनतालाई मारेको र त्यसलाई ठेगान लगाएरै एमालेले सरकार चलाएको अवगत गराउँदै नेपाललाई धर्म क्षेत्र, शान्ति क्षेत्र, विकास क्षेत्र बनाउने बताए । अध्यक्ष ओलीले कुरुक्षेत्र बनाउने भनेर तर्साउन खोज्नेहरुलाई पराजित गरेरै यहाँसम्म आइपुगेको बताए ।

अध्यक्ष ओलीले आफूलाई माओवादी अध्यक्ष प्रचण्डले गणतन्त्र सक्न खोजेको आरोप लगाएकोप्रति लक्षित गर्दै प्रचण्डले गणतन्त्रको नाम लिनुभन्दा २५ वर्षअघि गणतन्त्रका लागि आफू लडेको बताए । उनले प्रचण्डलाई कुरुक्षेत्रको धाक नलगाउन पनि आग्रह गरे ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend