काठमाण्डौं । नेपाल संरक्षण अभियानका केन्द्रिय संयोजक तथा राजनीतिक बिश्लेषक बिष्णु प्रसाद शर्माले देशको राजनीति सहि गतिमा अघि बढन नसकेको दाबी गरेका छन । आज खबर बेकिङ संग कुरा गर्दै नेपालको राजनीति सहि गतिमा अघि नबढेको उनले बताएका हुन ।
उनले राजनीति दल र तिनका नेताहरु सहि गतिमा नगएको आरोप लगाए । राजनीति दल असफल भएको र उनीहरुबाट देश र जनताले धेरै आश गर्नु बेकार भएको उनले बताए ।
देश चलाउन राजनीतिक दल असफल भएकोले अब देशमा राजतन्त्र आउनु पर्ने उनको भनाई छ । उनले न्यायलय देखि सबै अगं अस्तब्यस्त भएको भन्दै यसरी देश चल्न नसक्ने बताए । आज देशमा जुन किसिमको राजनीति भइरहेको छ त्यो ठिक नभएको उनले बताए । उनले अब देशमा राजतन्त्र आउनु पर्ने कुरामा जोड दिए ।
राजतन्त्र बिना देशको बिकास हुन नसक्ने उनको दाबी छ । अहिले देशमा छाडातन्त्र भएको भन्दै शर्माले चिन्ता ब्यक्त गरे । आज जनता महंगीले आत्तिएको र दलीय सरकारले जनताको पक्षमा कुनै काम गर्न नसकेको शर्माले आरोप लगाए ।
राजनीतिक दल र तिनका नेताहरुका कारण नै अव देशमा राजतन्त्र आउँछ आउँछ भन्र्ने कुरामा शर्माले दाबी गरे । राजनीति दल र तिनका नेताका कारण आज देशमा कुनै बिकास र समृद्धि नभएको शर्माले आरोप लगाए ।नेताहरु मोटाउने र जनता दुब्लाउदै जाने यो ब्यवस्था जनतालाई नचाहिने उनले बताए ।
उनले संघीयता देशको लागी घाँडो भएको आरोप लगाए । उनले भने;’संघीयता देशको लागी घाँडो छ । देशले यो संघीयता धान्न सक्दैन । यो अब तुरुन्त खारेज हुनु पर्छ । जनताले यो ब्यवस्था चाहेका छैनन् । अब देशमा ठूलो परिवर्तन हुन्छ ।” उनले राजाको पक्षमा ठूलो जनलहर आएको बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend