काठमाण्डौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो प्रधानमन्त्रीत्वकालमा गरेकामध्येको चर्चा कमाउन सफल काम हो– अयोध्यापुरीमा मन्दिर निर्माण र सीता रामको मूर्ति । २०७ औँ भानु जयन्तीको अवसरमा २९ असार ०७७ दिएको ओलीको सो अभिव्यक्ति राष्ट्रिय बहसकै विषय बन्यो । ओलीले भनेका थिए, ‘हामी अहिले पनि ठानिरहेका छौं, हामीले ‘सीता’ भारतका राजकुमार रामलाई दियौँ । भारतका होइन, अयोध्या रामलाई दिएका हौं हामीले । अयोध्या भनेको वीरगञ्जभन्दा पश्चिमपट्टीको गाउँ हो ।’
विभिन्न टीकाटिप्पणीकाबीच त्यतिबेला ओली चुप बसेनन् । उनले चितवनको माडीमा मन्दिर बनाउन निर्देशन पनि तुरुन्तै दिए । त्यति मात्र होइन ओलीले रामनवमीको अवसर पारेर राम(सीताको मूर्तिलाई बालुवाटारबाट विधिवत रूपमा पूजा गरी रथयात्रासहित पठाए । कोरोना महामारीकाबीच ठूलो ताँमझामसहित मूर्ति चितवन पुर्याउँदा सरकारको आलोचना पनि भएको थियो ।
राम सीतालाई माडीको अयोध्यापुरमा अवतरण गराइसकेका ओली आज सोही क्षेत्रमा पुगेका छन् । उनले त्यहाँ अधिकांश समय रामको जन्म र त्यसताकाको पृष्ठभूमिको बारेमा लामो स्पष्टीकरण दिए ।रामको जन्मभूमि र अयोध्याको विवाद भारतमा नौलो होइन । तर, यहाँ नेपालीले रामको जन्मभूमि भारतकै उत्तर प्रदेशमा रहेको अयोध्यालाई मान्दै आएका छन् ।
सोही परम्पराअनुसार हरेक वर्ष भारतीय भक्तजन विवाह पञ्चमीमा अयोध्यादेखि जनकपुरसम्म जन्ती आउँछन्, जानकी लिएर फर्किन्छन् ।ओलीले भने आफ्नो पृथक अध्ययनपछि मात्र रामको जन्मभूमि नेपाल नै भएको दाबी गरेका छन् ।
अयोध्यापुरबारे ओलीले के भने ?
आज मलाई निकै धेरै खुसी लागेको छ । मैले अलिक वर्षदेखि पाएसम्मको सामग्रीहरू अध्ययन गरिरहेको थिएँ । शास्त्रहरूको अध्ययन गरिरहेको थिएँ । र रामको जन्मभूमि उहाँ अयोध्याभन्दा अयोध्या खास के हो भनेर म अध्ययन गरिरहेको थिएँ । डेढ सय वर्ष अघिसम्म अयोध्यालाई फैजावाद भनिँदो रहेछ । अयोध्या नै भनिँदैनथ्यो । त्यो ठाउँको नाम नै अयोध्या थिएन । डेढ सय वर्षअघिबाट अयोध्या भन्न थालियो । जहाँ भारतको अयोध्या भनेर राम जन्मभूमि भनेर आम रूपमा मानिसले अहिलेसम्म विश्वास गरेको ठाउँ । त्यो चाहिँ अयोध्यापुरी नभएर फैजवाद भएको छ । अब अयोध्यापुरी कहाँ हो त ?
मैले अध्ययन गर्न थालेँ, जनकपुर, बाल्मिकी आश्रम, सीता अन्तध्र्यान भएको देवघाट, आदि ठाउँमा यहाँका नदीनालाका नाममा यहाँको स्थान यी सबै कुराहरूलाई अध्ययन गर्दै जाँदा उपलब्ध खोज अध्ययनको खोजी गर्दै जाँदा यो ठाउँ नै राम जन्मभूमि अयोध्यापुरी भएको मैले निश्कर्ष निकालेँ । र, भानुभक्तको २०७ औँ जन्मजयन्तीका दिन कार्यक्रममा मैले राम जन्मभूमि नेपालमा हो, वीरगञ्जभन्दा पश्चिम, ठोरी कठोरीको आसपास, यहीँनेर पर्छ जहाँ अयोध्या भनिन्छ । जहाँ विभिन्न अयोध्या, त्रेतायुगसँग सम्बन्धित, दशरथ रामको समयसँग सम्बन्धी अनेक कुराहरू यहाँ उपलब्ध छन् भन्ने । र शास्त्रमा वर्णन गरेका कुराहरू विश्वामित्र ऋषि कोसी नदी तरेर पश्चिमतिर आएर रामलाई शिक्षादिक्षा दिए भन्ने कुरा, त्यसले पश्चिमतिर आएर शिक्षादिक्षा दिएर, त्यो पश्चिम कता हुनुपर्छ ?
रामले अष्टमेद यज्ञका लागि छोडेको घोडा पश्चिमतर्फ गयो र वाल्मीकि आश्रममा लवकुशले समात्यो । फैजावादवाला अयोध्याबाट छोड्दा त दिल्लीतिर पो जान्छ त कहाँ यहाँ वाल्मीकि आश्रममारु वाल्मीकि आश्रम त्यति छिटो त्यो घोडा आइपनि पुग्दैन । जति समयमा यहाँ लवकुशले घोडा समातेका छन् । पश्चिमतिर गयो, पश्चिमतिरै समातियो वाल्मीकि आश्रममा । लवकुशले समाते । छिट्टै संवाद भयो । लवकुशले घोडा समाते भन्ने कुरा तुरुन्तै अयोध्यामा खबर आयो । त्यो घोडा छोडाउनका लागि त्यहाँ खबर गर्दा उनीहरूले अलिकति तेजस्वी, ओजस्वी जस्तो कुरा गरे ।
त्यसखालको कुरा युवाहरूले गरेपछि खबर आयो जाँदाखेरी खास प्रकारका युवाहरू देखेपछि यिनीहरू कुनै खास कारण हुनुपर्छभन्दा ती रामका छोरा वाल्मीकिका शिस्य, सीताले हुर्काएका युवाहरू भएका हुनाले उनीहरूले घोडा समात्न सके । र, कुन राजाले आदेश दिएको छभन्दा राजासाजा जान्दिन लड्न आउनुपर्छभन्दा चुनौती दिए । त्यसबाट बाउ छोराहरूको भेट हुने र यी साधारण युवाहरू रैन्छन् भन्ने कुरा राम–लक्ष्मणले पनि स्वीकार्ने स्थिति बनेको कुराहरूबाट । राम र सीतालाई मिलाउनका लागि वाल्मीकिले, सीता भएका ठाउँमा राम जान तयार नभएका र सीता आफूलाई निकालिएको घरमा गएर वार्ता गर्न तयार नभएको अवस्थामा एउटा बीचको ठाउँमा वार्ता गर्ने भनेर वार्ताका लागि स्थल देवघाटलाई छानेर वाल्मिकीले म सीतालाई लिएर आउँछु, राम अयोध्याबाट देवघाटमा आउ भनेर त्यस किसिमले । बाँकी रामलाई देवघाटमा बोलाउने कुनै अर्थ हुँदैनथ्यो । यहीँको रामलाई त्यहाँ देवघाटमा बोलाएको हो ।
मैले अलिक अघिदेखि भन्दै आएको थिएँ, हामीले सीता कुनै भारतीय । त्यतिबेला भारत नेपालको कुरा थिएन । नेपाल थियो भारत थिएन । नेपाल थियो, भारत भन्ने त्यसबेला थिएन । भारतमा सानासाना राज्य रजौटाहरू थियो । त्यस्तो बेलामा मैले राम नेपाली हुन् नेपालीका छोरा हुन् भनेको थिएँ ।
रामका बुबाको नाम नेमी थियो । त्यसबेला थर लेख्ने चलन थिएन । थरको कुरा अहिले नगरौं । तर, १० वटा रथ भएको हुनाले त्यसबेला राजासँग रथ हुँदैनथ्यो । १० वटा रथ भएकालाई सम्पन्न मानिन्थ्यो । १० वटा रथ भएको हुनाले राजा नेमीलाई दशरथ भनिन्थ्यो । यी सबै तथ्यले अहिलेभन्दा कमसेकम ४ हजार वर्ष अगाडि वा त्यसभन्दा अलिकति अगाडि यसै ठाउँमा राम, लक्ष्मण, भरत, शभुवनको जन्म भएको थियो । रामको जन्म यहीँ अयोध्यापुरीमा भएको थियो । अयोध्यापुरी राजा नेमीको राजधानी थियो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend