शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

एकिकृत समाजवादी जिन्दाबाद भन्दै रिजालले दिए फेरी कडा अभिब्यक्ति !

एकिकृत समाजवादी जिन्दाबाद भन्दै रिजालले दिए फेरी कडा अभिब्यक्ति !

 

काठमाण्डौं । नेकपा एकिकृत समाजवादीका प्रखर नेता राम प्रसाद रिजालले आफू ओलीको पार्टी एमालेमा नगएको र आफूलाई षडयन्त्र पुर्वक एमाले बनाउन खोजिएको बताएका छन । खबर बे्रकिङ संग कुरा गर्दै रिजालले यस्तो बताएका हुन । उनले भने, ‘हिजो ओलीको पार्टीमा गएको होइन, मलाई षडयन्त्रपुर्वक एमाले बनाउन खोजियो । तर पार्टीका जिल्लाका साथीहरूले मेरो समस्या कहिले बुझ्न खोज्नु भएन किन ? मैले प्रतिगमनको विरुद्ध हजारौ पल्ट राष्ट्रीय संचार माध्यममा बोलेको लेखेको देखिएन। षड्यंत्र पुर्वक आएका केही समाचारलाई आधार मानेर मेरो मूल्यांकन गर्दा मलाई मात्र अन्याय भएको छैन । सत्यलाई न्यायलाई विधी पद्धति  सिद्धान्तलाई अन्याय हुदैछ ।”
हिजो माधव कुमार नेपाललाई ओलीले सबै झ्याल ढोका बन्द गरेर बस्न नदिए जस्तै अहिले रामप्रसाद रिजाललाई नेकपा एकिकृत समाजवादीमा आउन नदिन जिल्लाका केही साथीहरु किन कम्मर कसेर लागि राख्नु भएको छ भन्दै रिजालले प्रश्न उठाए । उनले भने, ‘हामी कस्तो किसिमको समाजवादी पार्टी बनाउन खोजिरहेको छौ साथीहरू ? म तपाईहरु संग घण्टौ बहस गर्न र तपाईहरूको जिज्ञासाको समाधान गर्न तयार छु किनकि म पनि समाजवादी पार्टीको केन्द्रीय समितिमा १० बर्ष भन्दा बढी बसेको व्यक्ति हो । मेरो कमजोरी छ । म भ्रष्टाचार गर्न जान्दिन । अरु नेता जस्तो गुण्डा पाल्न जान्दिन कारमा सयर गर्दिन ।”

सबैले बुझ्नुहोस रामप्रसाद रिजाल त्यसै राजनीतिमा आएको छैंन मास्टर डिग्रीको फस्ट डिभिजनको सर्टिफिकेट काम नलाग्ने बनाएर दराजमा थन्काएर आएको छ उनले भने । उनले नेपाल कम्युनिस्ट पार्टी एकिकृत समाजवादी जिन्दाबाद भनेका छन ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend