काठमाण्डौं । लेखक तथा बिश्लेषक डा डिआर उपाध्यायले पटक–पटकको आन्दोलन र जनताको बलिदानीले प्राप्त भएको लोकतन्त्र र संघीयता राजनीतिक दलहरुकै कारण खतरामा परेको बताएका छन्। खबर बे्रकिङ संग कुरा गदै उपाध्यायले यस्तो बताएका हुन ।
नेपाली जनताले आन्दोलन र बलिदानी दिएर प्राप्त गरेको लोकतन्त्र र संघीयतालाई समाप्त पार्ने षड्यन्त्र भइरहेको बताउँदै उनले चिन्ता ब्यक्त गरे । देशमा तमाम समस्या यथावत रहेको र समस्या समाधान गर्न सरकार गम्भिर नभएको उपाध्यायले आरोप लगाए ।
उनले देश यसरी चल्न नसक्ने बताउँदै अहिलेको राजनीति प्रति असन्तुष्टि ब्यक्त गरे । हरेक क्षेत्रमा देउवा सरकार असफल भयो अब गम्भिर भएर सोच्नु पर्ने बेला आएको उनले बताए । राजनीतिक दलमा सफल नेतृत्व नभएको भन्दै उनले चिन्ता ब्यक्त गरे । उनले न्यायालयदेखि हरेक संवैधानिक निकायहरूमा भाँडभैलो भएको बताए ।
न्यायपालिकामा देखिएको समस्याबारे छिटो समाधान खोजिनु पर्ने उनले बताए । उनले सत्तारुढ दल र तिनका नेताहरु समस्या समाधान गर्ने भन्दा पनि सत्ता कसरी जोगाउने भन्र्ने चिन्तामा रहेको बताए ।
जनता महंगीको मारमा परेको र गरिव जनताको पक्षमा सरकार सिन्को समेत भाँच्न नसकेको उनले आरोप लगाए । उनले प्रधानन्यायाधीश प्रकरणमा सत्ता गठबन्धनका नेताहरु रमिता हेरिरहेको आरोप लगाए ।
उनले आज सरकार, पार्टी र संवैधानिक निकाय विकृतिको दलदलमा फसेको आरोप लगाए । संवैधानिक अंग कमजोर भए लोकतन्त्र नै कमजोर हुने उपाध्यायको भनाई छ । न्यायपालिका विवादमा दलले हस्तक्षेप गर्ने भन्दा पनि सरकारले मध्यस्थता गर्नुपर्ने उनले बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend