काठमाडौं । सिन्धु कन्टेनर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। २०८३ साल असोज २८ गते बुधबार काठमाडौंको कोटेश्वरस्थित डिस बुटिक होटलमा सम्पन्न सभाले राजकुमार पौडेलको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको छ। सभाले प्रस्तुत गरिएका सम्पूर्ण प्रस्तावहरू सर्वसम्मत रूपमा पारित गरेको छ।
संस्थाको वार्षिक साधारण सभामा सञ्चालक समितिका अध्यक्षद्वारा प्रस्तुत प्रतिवेदन, सचिवद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२/०८३ को प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०८३/०८४ को कार्ययोजनामाथि छलफल गरिएको थियो। त्यसैगरी, कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक प्रगति विवरण, आगामी आर्थिक वर्षको अनुमानित बजेट तथा कार्ययोजना र लेखा सुपरिवेक्षण समितिको प्रतिवेदनमाथि पनि छलफल गरी आवश्यक निर्णय गरिएको थियो।
सभाले लेखापरीक्षण प्रतिवेदन, शेयर लाभांश तथा कर्मचारी बोनस वितरणसम्बन्धी प्रस्तावहरू पारित गरेको छ। साथै, संस्थाको विनियम, नीति तथा कार्यविधि संशोधन, आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्तावसमेत पारित गरेको छ।
सभामा सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन प्रक्रिया अघि बढाउँदै नवनिर्वाचित समितिहरूलाई अनुमोदन गर्ने निर्णय गरिएको थियो। संस्थाको आगामी कार्यदिशा, वित्तीय व्यवस्थापन र संस्थागत गतिविधिलाई थप व्यवस्थित बनाउने विषयमा समेत छलफल भएको थियो।
साधारण सभाले निर्णय पुस्तिका प्रमाणीकरणका लागि प्रतिनिधि चयन गर्नुका साथै अन्य विविध विषयमा आवश्यक निर्णय गरेको छ। नयाँ नेतृत्व चयन र सबै प्रस्ताव पारित भएसँगै संस्थाको आगामी कार्ययोजना कार्यान्वयन तथा सहकारीका गतिविधिलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend