काठमाडौं । सरस्वती युवा क्लबको वार्षिक साधारणसभाको उदघाटन सत्र सम्पन्न भएको छ। उदघाटन प्रमुख अतिथि उर्जा, जल स्रोत तथा सिचाई मन्त्री बिराज भक्त श्रेष्ठले शुभकामना मन्तव्य राख्दै खेलकुद क्षेत्रको विकास, युवा प्रतिभाको प्रोत्साहन र स्थानीयस्तरमा खेलकुद गतिविधि विस्तारको महत्त्वमा जोड दिएका थिए। त्यसै गरी माननीय सुनिल केसीले सरस्वती युवा क्लबको वार्षिक साधारणसभामा मन्तब्य राख्दै सफलताको शुभकामना ब्यक्त गरेका थिए । क्लबले आगामी दिनमा अझै राम्रो गदै जाने कुरामा उनले बिश्वास ब्यक्त गरे ।
कार्यक्रममा विभिन्न खेलाडीलाई सम्मान गरिएको थियो। क्लबले खेलकुद क्षेत्रमा योगदान पुर्याएका कुमार गुरुङलाई नगद २५ हजार रुपैयाँ पुरस्कारसहित सम्मान गरेको छ। त्यसैगरी अन्य विभिन्न खेलाडीलाई समेत सम्मान गरिएको थियो। खेलाडीहरूको सम्मानले उनीहरूको मनोबल बढाउनुका साथै खेलकुदप्रतिको आकर्षण र समर्पण अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको थियो।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि मन्त्री श्रेष्ठले दीप प्रज्वलन गरेर गरेका थिए। उनलाई फूलगुच्छासहित स्वागत गरिएको थियो। राष्ट्रिय गान र फिफा धुन प्रस्तुत गरिएको कार्यक्रममा क्लबका अध्यक्ष उत्तमराज भण्डारीले स्वागत सहित अध्यक्षीय मन्तव्य राखेका थिए।
उद्घाटन सत्रमा स्थानीय फुटबल क्लब, सामाजिक संघसंस्था, राजनीतिक दल तथा व्यवसायी क्षेत्रका प्रतिनिधिहरूले शुभकामना मन्तव्य राखेका थिए। कोटेश्वर समाज सुधार क्लबका अध्यक्ष सुभाषकुमार रिमालले स्थानीय क्लबहरूको तर्फबाट मन्तव्य राखेका थिए।
त्यसैगरी स्थानीय राजनीतिक दलहरूको तर्फबाट राजेन्द्र न्यौपाने तथा कोटेश्वर व्यवसायी संघका अध्यक्ष नीलप्रसाद घिमिरेले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा उपाध्यक्ष अर्जुन बस्नेत र अर्जुन पराजुलीले पनि मन्तव्य राखेका थिए। पूर्व नेपाली राष्टिय टिमको क्यप्टेन उपेन्द्र मान सिंहले पनि शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा प्रमुख अतिथि मन्त्री श्रेष्ठलगायत अतिथिहरूलाई मायाको चिनोसमेत प्रदान गरिएको थियो।
वार्षिक साधारणसभाको उद्घाटन सत्र सम्पन्न भएसँगै अब बन्द सत्र सञ्चालन हुने कार्यसूची रहेको क्लबले जनाएको छ। बन्द सत्रमा क्लबको वार्षिक गतिविधि, आगामी योजना तथा अन्य सांगठनिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend