आइतबार, कार्तिक ९ २०८३

आइतबार, कार्तिक ९ २०८३

प्रोफेशनल बचत तथा ऋण सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न

प्रोफेशनल बचत तथा ऋण सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न

 

काठमाडौं। प्रोफेशनल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारण सभा सोमबार काठमाडौंमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष दिलिप कुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न सभाले आर्थिक वर्ष २०८२/०८३ का विभिन्न प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ।

सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्ष श्रेष्ठले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन छलफलपछि पारित भएको छ। त्यसैगरी, संस्थाका प्रमुख कार्यकारी अधिकृत मणी ढुङ्गानाले आर्थिक वर्ष २०८२/०८३ को आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। उक्त प्रतिवेदनमाथि छलफल गरी सभाले पारित गरेको हो।

सभाले आर्थिक वर्ष २०८२/०८३ को लेखापरीक्षण प्रतिवेदन र लेखा समितिको प्रतिवेदनसमेत छलफलपछि पारित गरेको छ। साथै, आर्थिक वर्ष २०८३/०८४ का लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने निर्णय गरेको छ।

त्यसैगरी, सभाले आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट पारित गर्नुका साथै प्रस्तावित लाभांशसमेत अनुमोदन गरेको छ। सभाका निर्णयमा हस्ताक्षर गर्न शेयर सदस्य तथा सञ्चालकहरूको मनोनयनसमेत गरिएको संस्थाले जनाएको छ।

संस्थाको सञ्चालक समितिको २२१औँ बैठकको निर्णयअनुसार आयोजना गरिएको उक्त साधारण सभामा संस्थाको वार्षिक प्रगति, आर्थिक अवस्था तथा आगामी कार्ययोजनासम्बन्धी विषयमा छलफल भएको थियो। सभाले संस्थाको आगामी आर्थिक वर्षको बजेट तथा लेखापरीक्षणसम्बन्धी प्रस्ताव पारित गर्दै वार्षिक साधारण सभा सम्पन्न गरेको हो। कार्यक्रम संचालन निजानन्द प्याकुरेलले गरेका थिए।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend