काठमाडौं। पूर्व जनप्रतिनिधि फोरम, टोखा नगरपालिका काठमाडौंको आयोजनामा प्रकाशित स्मारिका विमोचन, बडादसैँ, शुभदीपावली, नेपाल संवत् तथा छठ पर्वलगायतका चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ।
फोरमका अध्यक्ष उत्तम अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रा. डा. चन्द्रमणि अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी, तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जन, टोखा नगरपालिकाका उपप्रमुख मुरारी तामाङ, तारकेश्वर नगरपालिकाका उपप्रमुख सिर्जना बुर्लाकोटी तथा काठमाडौं महानगरपालिका वडा नं. २६ का अध्यक्ष ख्यामराज तिवारीलगायत विभिन्न स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, शिक्षाविद्, समाजसेवी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि प्रा. डा. चन्द्रमणि अधिकारीले पानसमा दीप प्रज्वलन गरी गरेका थिए। राष्ट्रिय गानबाट सुरु भएको कार्यक्रममा सहिदहरूप्रति सम्मान व्यक्त गर्दै मौनधारण गरिएको थियो। त्यसपछि अध्यक्ष उत्तम अधिकारीले स्वागत मन्तव्य राख्दै कार्यक्रमको उद्देश्य र पूर्व जनप्रतिनिधि फोरमको भूमिकाबारे प्रकाश पारेका थिए।त्यसैगरी, पूर्व जनप्रतिनिधि, वर्तमान वडा अध्यक्ष, स्थानीय तहका कार्यपालिका सदस्य, वडा सदस्य, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधि, प्याब्सन, एनप्याब्सन र हिसानका प्रतिनिधि, संस्थाका संस्थापक सदस्य तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो। कार्यक्रममा लेखकहरूको तर्फबाट प्रा. डा. केदार रिजालले मन्तव्य राखेका थिए। साथै सबुज कृष्ण बानियाँ, तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जन, बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी, टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी तथा प्रमुख अतिथि प्रा. डा. चन्द्रमणि अधिकारीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा टोखा नगरपालिकाका पूर्व उपप्रमुख ज्ञानमाया डंगोल, नगरपालिकाका प्रशासनिक प्रमुख रामकुमार अयार्य, संस्थापक अध्यक्ष दीपकराज जोशी, पूर्व शिक्षा प्रमुख बाबुराम गौतम, पूर्व प्रशासक मोहन चापागाईं, ग्रिन सिटी अस्पतालका अध्यक्ष लोकबहादुर टन्डन, पूर्व डीआईजी नारायणबाबु थापालगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा माल्यार्पणको जिम्मेवारी पार्वती अधिकारी, निशा पाण्डे, पञ्चकुमारी श्रेष्ठ र उर्मिला विकले निर्वाह गरेका थिए। कार्यक्रमका सञ्चालक कृष्ण अधिकारीले कार्यक्रमलाई सहजीकरण गरेका थिए।
कार्यक्रमको समापन गर्दै अध्यक्ष उत्तम अधिकारीले कार्यक्रममा उपस्थित अतिथि, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, लेखक, शिक्षाविद् तथा सम्पूर्ण सहभागीप्रति आभार व्यक्त गरेका थिए। चाडपर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमले स्थानीय तहका पूर्व तथा वर्तमान जनप्रतिनिधि, राजनीतिक दल र सामाजिक क्षेत्रका व्यक्तित्वबीच आपसी सम्बन्ध, सहकार्य र सद्भाव अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास आयोजकले व्यक्त गरेको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend