ललितपुर। ललितपुरका उद्योगी तथा व्यवसायीहरूको छाता संस्था ललितपुर उद्योग वाणिज्य संघको निर्वाचनसहितको ४७औँ वार्षिक साधारणसभाको समुद्घाटन समारोह सम्पन्न भएको छ। शुक्रबार शंखमुलस्थित यल दरबार भेन्यूमा संघका अध्यक्ष विश्वराज बज्राचार्यको सभापतित्व र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जान श्रेष्ठको प्रमुख आतिथ्यमा समुद्घाटन सम्पन्न भएको हो।
संघको निर्वाचनको लागि सुसन महर्जन र भूमि नन्दन कर्माचार्यले समूहगत उम्मेदवारी घोषणा गरे सङ्गै उम्मेदवारहरूले चुनावी माहौललाई तीव्र बनाएका छन् । संघको अध्यक्षका उम्मेदवार सुसन महर्जन र महासचिवका उम्मेदवार राजु महर्जनले पनि आफ्नो प्यानल बनाएर तीव्र चुनावी प्रचारप्रसारमा जुटेका छन् ।

ललितपुरको औद्योगिक तथा व्यावसायिक वातावरणलाई नयाँ उचाइमा पुर्याउने दाबीसहित ललितपुर उद्योग वाणिज्य संघको नेतृत्वका लागि अध्यक्ष पदमा सुसन महर्जन र महासचिव पदमा राजु महर्जनको संयुक्त टिम चुनावी मैदानमा ओर्लिएको हो । उनीहरूले निर्वाचनका लागि ‘व्यवसायीको सम्मान, उद्योग–व्यवसायको उत्थान–हाम्रो अभियान’ भन्ने मूल नाराका साथ उम्मेदवारी दिएका हुन् ।
लामो समयदेखि ललितपुरको व्यावसायिक, औद्योगिक र सामाजिक क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएका यी दुवै व्यक्तित्वसँग संघको नेतृत्व र व्यवस्थापन सम्हालेको अनुभव रहेको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend