आइतबार, कार्तिक ९ २०८३

आइतबार, कार्तिक ९ २०८३

पञ्चशील बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २६ औं वार्षिक साधारण सभा सम्पन्न

पञ्चशील बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २६ औं वार्षिक साधारण सभा सम्पन्न

ललितपुर । कुमारीपाटीमा अवस्थीत पञ्चशील बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले मिति २०८३ साल आश्विन १७ गते शनिवार संस्थाको २६ औं वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न गरेको छ । उक्त कार्यक्रममा उपस्थित सम्पूर्ण शेयर सदस्यहरु वीच कार्यसमितिको तर्फवाट संस्थाका उपाध्यक्ष श्री राम प्रसाद गिरीले स्वागत गर्नुभएको थियो भने संस्थाका अध्यक्ष श्री देवेन्द्र प्रसाद श्रेष्ठले आफ्नो प्रतिबद्धता वाचन गर्दै सदस्यहरुको सुख दुखमा पञ्चशीलू भन्ने मुल मन्त्रका साथ सदस्यहरुसंग नियमित सम्पर्क सूचनाको आदान प्रदान, पारदर्शी कारोवार लगाएतका कारणले संस्था र सदस्यहरु विचको विश्वास प्रगाढ रहेको वताउनु भएको थियो साथै संचालक समितिको तर्फवाट आव  २०८२/०८३ को वार्षिक प्रगति प्रतिवेदन तथा आ।व। २०८३/०८४ को लागि निति तथा कार्यक्रम, लक्ष्य र बजेट प्रस्तुत गर्दै संस्थाको आर्थिक वर्ष ०८२/०८३ मा शेयर पूँजी रु १७ करोड ९४ लाख ८ हजार २ सय रुपैया कायम रहन गएको जानकारी गराउनु भएको थियो ।

संस्थाले आ व  २०८२/०८३ मा बचत (निक्षेप) तर्फ रु २ अर्व २४ करोड ६० लाख ३४ हजार ७ सय ५४ रुपैंया र कर्जा लगानी तर्फ रु २ अर्ब ३ करोड ९५ लाख २९ हजार १ सय ३८ रुपैंया वित्तिय कारोवार गरेको साथै संस्थाले वार्षिक वित्तिय कारोबार रु २ अर्ब ८७ करोड २ लाख ५४ हजार ४ सय १७ रुपैंया कारोवार गर्न सफल भएको छ। आ व २०८२/०८३ मा जगेडा तथा अन्य कोषहरुमा गरि जम्मा रु ३३ करोड ७६ लाख ३६ हजार ५ सय ५४ रुपैंया कायम रहेको छ ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत राजु खतिवडाले सदस्यहरुलाई सम्वोधन गर्दै संस्थाको असल अभ्यासको कारणले जस्तो सुकै चुनौतिहरुका विच पनि संस्थालाई अब्बल सहकारीको रुपमा स्थापित गर्न सफल भएको कार्यक्रममा जानकारी दिनु भयो । संस्थाले आ।व। ०८२/०८३ मा आयकर अघि रु ६ करोड ५ लाख २६ हजार ८ सय २३ रुपैंया नाफा आर्जन गरेको जानकारी गराउँनु भएको थियो ।

यस संस्थाले आ व ०८२/०८३ मा रु २ करोड ७५ लाख ९१ हजार ९ सय १० रुपैंया आयकर तथा अन्य विभिन्न शिर्षकहरुमा राजस्वमा योगदान गरेको जानकारी दिदै वर्तमान वित्तिय संक्रमणकालिन अवस्थामा समेत संस्थाले आ व २०८२/०८३ को कोष बाडफाडको आधारमा सदस्यहरुलाई शेयर लाभांश तथा सरक्षित पूजि फिर्ता कोष मार्फत रकम वितरण गरि उच्चतम प्रतिफल दिएको जानकारी सहित विभिन्न सामाजिक क्रियाकलाप अर्न्तगत विभिन्न कार्यक्रमहरु गर्दै आएको साथै यस संस्थाले समय समयमा तालिका बनाई शेयर सदस्यहरुलाई सहभागीता गराई विभिन्न सिप मुलक तालिम दिने, अन्र्तक्रिया कार्यक्रमहरु संचालन गर्ने लगायतका कार्यहरु गर्दै आइरहेको र सदस्यहरुलाई अझ प्रभावकारी ढंगले सेवा प्रदान गनुको साथै प्रविधि मुलक कारोवारको वातावरण उपलब्ध गराउने उद्देश्य लिई सस्थाले प्रविधि मैत्री सुविधा दिईरहेको प्रमुख कार्यकारी अधिकृत खतिवडाले जानकारी गराउनु भयो ।

उक्त २६औं वार्षिक साधारण सभामा लेखा सुपरीवेक्षण समितिको तर्फवाट संयोजक श्री शेषराज दहालले लेखा सुपरीवेक्षण प्रतिवेदन प्रश्तुत गर्नु भएको थियो भने संस्थाका कोषाध्यक्ष श्री ज्ञानेन्द्र अधिकारीले आ व ०८२/०८३ को वार्षिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । अन्तमा, संस्थाका अध्यक्ष ज्यू वाट आ व ०८३/०८४ मा सस्थामा वित्तिय शुसाशन कायम राख्दै सदस्य केन्द्रीत थप सेवा सुविद्याहरु उपलब्ध गराउने प्रतिवद्धता जाहेर गर्दै सभा विसर्जन गर्नुभएको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend