सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

पल्सर बने एनपीएलको ‘टु ह्विलर पार्टनर’, उत्कृष्ट खेलाडीलाई N160 पुरस्कार

पल्सर बने एनपीएलको ‘टु ह्विलर पार्टनर’, उत्कृष्ट खेलाडीलाई N160 पुरस्कार

 

१३ कार्तिक काठमाडौं ।  नेपाली क्रिकेटमा व्यावसायिक स्पर्श थप्दै नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा गोल्छा ग्रुपको पल्सर मोटरसाइकल ‘टु ह्विलर पार्टनर’का रूपमा जोडिएको छ। राजधानीमा बिहीबार आयोजित एक विशेष कार्यक्रममा गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छा र नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सम्झौता पत्रमा हस्ताक्षर गर्दै सहकार्यको औपचारिक घोषणा गरे।

यस साझेदारीअनुसार, एनपीएलमा उत्कृष्ठ प्रदर्शन गर्ने तीन खेलाडीलाई पल्सर N160 मोटरसाइकल पुरस्कारस्वरूप प्रदान गरिनेछ। पुरस्कार प्राप्त गर्ने खेलाडीहरूमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान, सर्वाधिक विकेट लिने बलर, र उदीयमान (इमर्जिङ) खेलाडी रहनेछन्।

सम्झौता कार्यक्रममा अभिमन्यु गोल्छाले भने, “पल्सर सधैं युवा उर्जा र खेलकुदको प्रतीक रहँदै आएको ब्रान्ड हो। एनपीएलजस्ता ठूला प्रतियोगितामार्फत हामी नेपाली क्रिकेटमा उत्साह र प्रेरणा थप्ने अपेक्षा गर्छौं।”

त्यस्तै, क्यानका सचिव पारस खड्काले यो सहकार्यलाई नेपाली क्रिकेटका लागि ‘सकारात्मक र ऊर्जा दिने कदम’ बताएका छन्। उनले भने, “एनपीएलको तयारी अन्तिम चरणमा पुगेको छ। केही दिनमै पत्रकार सम्मेलन गरी प्रतियोगिताको सम्पूर्ण विवरण सार्वजनिक गरिनेछ।”

नेपाल प्रिमियर लिगको दोस्रो संस्करण मंसिर १ गतेदेखि सुरु हुने तयारीमा छ। यसपटक एनपीएलले न केवल प्रतिस्पर्धात्मक खेल प्रस्तुत गर्ने अपेक्षा गरिएको छ, तर साथसाथै पल्सरजस्ता ब्रान्डहरूको संलग्नताले नेपाली क्रिकेटको आकर्षण र व्यावसायिक मूल्य अझ बढाउने विश्वास गरिएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend